२६ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको बैठक सम्पन्न चार सदस्य मनोनीत

0

जुरीच। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको यन्टबाडेनमा ०७ अगष्ट शनिवारको दिन बसेको बैठकले एक वर्षको लागि कार्यतालिका तय गर्दै विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ।

२०२१-२०२३ का लागि नव निर्वाचित शुभ एल्मर लामाको अध्यक्षतामा बसेको संघको पहिलो बैठकले सदस्य पदमा चार जनालाई मनोनीत गरेको छ।

जमुना भट्टराई (मुना) बासेल, दुर्गा तामाङ जेनेभा, आशीष परियार उइन्टरथुर र फुटुनडुप लामा जुरीच हरु लाई संघको सदस्य पदमा उक्त बैठकले मनोनीत गरेको हो।

सोही दिन बसेको संघको बैठकले ५ सेप्टेम्बर आइतवारको दिन कान्टोन आरगाउको स्टाउफेनमा तीज कार्यक्रम गर्ने निर्णय गरेको छ।

Share.

Leave A Reply