२२ वैशाख २०८१

नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ७ सय ७० पुग्यो

0

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार ११७ जनाको पिसिआर परीक्षण भएकोमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुगेको छ ।

अहिले देशभर नौ हजार ८८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार ९९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५६९ पुगेको छ । कोरोना निको हुनेदर ९५ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६४ पुरुष र १७४ महिला गरी ४३८ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक हजार ७७० पुगेको छ । होमआइसोलेसनमा छ हजार १०३ जना छन् । त्यस्तै सघन उपचार कक्ष (आइसियु)मा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।

Share.

Leave A Reply