२३ वैशाख २०८१

थप ८ सय २१ जनामा कोरोना संकमण

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ८ सय २१ जनामा कोरोना संकमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही अवधीमा देशभर ८ सय ४२ जना संक्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएकोे छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय १६ पुगेको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ४९ हजार २सय ४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९सय ५५ छ ।

Share.

Leave A Reply