२३ वैशाख २०८१

पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो ।यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या दुई लाख ४१ हजार ९सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय १४ पुगेको छ । सोमबार ६ हजार २ सय २० जनाको पीसीआर परीक्षण गरिएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको जनाइएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply