१५ वैशाख २०८१

नेपालमा संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुग्यो

0

काठमाण्डौ – नेपालमा कोरोनाको कारण हालसम्म १२६ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बिहिवार कोरोनाबाट ६ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष, पर्साकी १ महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाभाइरस संक्रमणको कारण ज्यान गएको हो ।

डा.गौतमका अनुसार बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका २६४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मुक्त हुनेहरुको संख्या १७ हजार ९६४ पुगेको छ ।

नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बिहिवार एकैदिन देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा ७०७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसंगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको हो । नयाँ थपिएका संक्रमितहरुमा ५१५ पुरुष तथा १९२ महिला रहेका छन् ।

बिहिवार उदयपुरका ४, झापाका १, तेह्रथुमका ९, धनकुटाका १, मोरङका ९, सुनसरीका १३, धनुषाका ३१, पर्साका ५५, बाराका ८, महोत्तरीका १५, रौतहटका ६, सप्तरीका १९, सर्लाहीका ९३, सिराहाका २१, काठमाडौंका १७४, काभ्रेका १, चितवनका १, दोलखाका २, धादिङका २, नुवाकोटका ३, भक्तपुरका ८, मकवानपुरका २५ ललितपुरका १८, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका १९, गोरखाका १, तनहुँका २, नवलपरासी पूर्वका ३, बाग्लुङका ८, स्याङ्जाका १, कपिलवस्तुका ३० तथा गुल्मीका ३ जनामा संक्रमण पोजेटिभ देखिएको प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताउनु भयो ।

यस्तै, दाङका ४, प्यूठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका १८, रोल्पाका १, कोलिकोटका १, जाजरकोटका १, दैलेखका १९, रुकुम पश्चिमका १, सल्यानका १, सुर्खेतका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, अछामका ३१, कैलालीका १, डडेल्धुराका २, डोटीका १६, दार्चुलाका १, बझाङका १, बैतडीका १ जनामा संक्रमण पोजेटिभ देखिएको डा.गौतमले जानकारी दिनुभएको छ । अहिले देशभर ११ हजार ५५५ वटा कोरोनाका सक्रिय केस रहेका डा.गौतमले मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

Share.

Leave A Reply