०१ जेठ २०८१

पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा १ सय ९ जना निको भइ घर फर्किएका छन् । यससँगै १६ हजार ८ सय ३७ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।

Share.

Leave A Reply