३१ वैशाख २०८१

गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ६ सय ५० पुग्यो

0

पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १६ सय ५० पुगेको छ । वुधवार बिहान ७.५० मा गरिएको अध्यावधिक विवरण अनुसार नयाँ २ जना थपिएसंगै संक्रमतिको संख्या १६ सय ५० पुगेको हो ।

गण्डकी स्वास्थ्य निर्देशक, कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा कास्कीका दुई जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ का वर्ष २३ का एक पुरुष र वडा नं १६ का वर्ष ५४ का एक पुरुष गरि दुई जनामा संक्रमण पोजेटिभ देखिएको डा.शर्माले जानकारी दिनुभएको छ । संक्रमित दुवैलाई आईसोलेसनमा राखिएको छ ।

यसैबीच, गण्डकीमा कोरोना संक्रमणलाई जितेर निको हुनेहरुको संख्या १४ सय ९४ पुगेको छ । निको हुने दर ९०.६६ प्रतिशत हो ।

संक्रमित सक्रिय संख्या १५१ रहेको छ भने क्वारेन्टाईनमा ११ सय ४० जना रहेका छन् । हालसम्म ५ जनाको ज्यान गएको छ । कास्कीमा १, वाग्लुङमा १, गोरखामा १ र स्याङ्जामा २ गरी ५ जनाको ज्यान गएको हो ।

Share.

Leave A Reply