१५ वैशाख २०८१

पोखरा महानगरद्धारा अध्ययन सामग्री वितरण सुरु

0

पोखरा-कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘सो अध्ययन सामग्री’ तयार गरेको छ । पुस्तक वितरण कार्यक्रम अन्र्तगत आइतबार ५ वटा वडाभित्र रहेका विद्यालयहरुलाई सामाग्री वितरण गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्वर २८ मा महानगरका प्रमुख मानबहादुर जिसी, वडा नम्वर २४ मा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर २३ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र वडा नम्वर ३३ मा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यालयका प्रधानाध्यापकहरुलाई सो अध्ययन सामाग्रही हस्तान्तरण गर्नुभयो । पोखरा महानगरभित्र रहेका ३८ विद्यालयलाई आवश्यक सो अध्ययन सामग्रीको प्रकाशन राइट फोर चिल्ड्रेन र कक्षा १ देखि ३ सम्मको हिमालय बुद्ध फाउण्डेशनले प्रकाशनमा सहयोग गरेको र अन्य विद्यालयहरुलाई महानगरले आफनै खर्चमा सो अध्ययन पुस्तक प्रकाशन गरेको हो ।

महानगर शिक्षा महाशाखाले आइतबार ७८ विद्यालयका ४९ सय विद्यार्थीलाई सामग्री वितरण गरेको छ । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सो अध्ययन सामग्री वितरण सुरु गरिएको शिक्षा महाशाखा अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो । सो अध्यक्ष पुस्तकमा ९० दिनको कार्ययोजना समावेश गरिएको पौडेलले बताउनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको र त्यसपछि शिक्षा, विकास लगायत दोश्रो चरणमा रहेको बताउनुभयो । नागरिकलाई बाँच्न र बचाउन लकडाउन भयो उहाँले भन्नुभयो, अब बालबालिकलाई शैक्षिक क्रियाकलापबाट टाढा हुन नदिन बैकल्पिक शिक्षा मार्फत जोडने काम महानगरले गरिरहेको बताउनुभयो ।उहाँले विद्यालयमा विस्तारै पठनपाठनको वातावरण बनाउन विद्यालयमा रहेका क्वारेन्टाइन हटाउने तयारी भैरहेको बताउनुभयो ।उहाँले महानगरभित्रबा १२ वटा विद्यालयमा क्वारेन्टाइन रहेकको बताउदै ती विद्यालयबाट हटाउने गरी योजना बनाइएको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नम्वर २४ का अध्यक्ष ओम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य सन्तुदेवी सुवेदी, महानगर शिक्षा महाशाखा अधिकृत बसन्तराज पोैडेल, नेकपा २४ का अध्यक्ष मनहरी त्रिपाठी, नेका वडा सभापति प्रतावबहादुर कार्की, वडा शिक्षा समितिका सदस्य वेदहरी तिमिल्सिना, वडा स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्रराज रेग्मी, पामे आधारभुत विद्यालयका प्रअ खेमनाथ शर्मा तिमिल्सिना लगायतले बोलेका थिए । अभियान अन्र्तगत १२ गते विभिन्न ८ वटा वडामा रहेका विद्यार्थीलाई अध्ययन सामग्री वितरण गर्न लागिएको छ ।

विद्यालय जान नपाएका विद्यालयलाई लक्षित गरी पोखरा महानगरपालिकाले विद्यार्थीमा सकारात्मक ऊर्जा सिर्जना गर्न र उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन टेलिभिजन कार्यक्रम पोखरा शैक्षिक अभियान सञ्चालन गर्दै आएको छ ।

Share.

Leave A Reply