१७ वैशाख २०८१

नेपाल र भारतमा लकडाउन लम्बियो,विश्वभर १ लाख २० हजार ६ सयको मृत्यु

0

काठमाण्डाै -मंगलवारसम्म कोरोनाभाइरसको संक्रमण विश्वमा २१० देशमा फैलिएको छ । आज बेलुकासम्म विश्वमा १९ लाख ३७ हजार २६८ मानिस संक्रमणको चपेटामा परेका छन् । अहिलेसम्म ४ लाख ५९ हजार ८५ जना निको भएर घर फर्किएका छन् भने १ लाख २० हजार ६०० को मृत्यु भएको छ ।

विश्वभर सक्रिय भएका केस १३ लाख ५७ हजार ५८३ रहेका छन् । ति मध्यमा १३ लाख ६ हजार ५८८ जनाको अवस्था सामान्य रहेको छ भने ५० हजार ९९५ जनाको अवस्था गम्भिर रहेको छ ।

मंगलवार १३ हजार ४२० नयाँ संक्रमित भेटिएका छन् भने ९८२ जनाको मृत्यु भएको छ ।

स्पेनमा ३०० को मृत्यु र नयाँ संक्रमण २ हजार ४२ जनामा देखिएको छ ।
बेल्जियममा २५४ को मृत्यु र नयाँ ५३० जनामा संक्रमण देखिएको छ ।
पोर्चुगलमा ३२ को मृत्यु भएको छ । ५१४ जनामा संक्रमण देखिएको छ ।
उत्तर मेसेडोनियामा ५४ नयाँ संक्रमण देखिएको छ ।
बोसिनीया हर्जगोभिनामा १ को मृत्यु र ४६ जनामा संक्रमण भेटिएको छ ।
मेडागास्करमा २ नयाँ संक्रमण ।
स्वीट्जरल्याण्डमा १७ को मृत्यु, ११९ मा संक्रमण ।
रोमानियामा १५ को मृत्यु, २४६ मा संक्रमण ।
अष्ट्रियामा १६ को मृत्यु, ९४ नयाँ संक्रमण ।
माल्टामा ९ जनामा संक्रमण भियतनाममा १ संक्रमण ।
बहराईनमा १ को मृत्यु, १६१ मा संक्रमण ।
उज्वेकिस्तानमा ११३ नयाँ संक्रमण ।
कतारमा १९७ नयाँ संक्रमण
स्लोभाकियामा ६६ नयााँ संक्रमण
मोल्डोभामा १ को मृत्यु १३५ मा संक्रमण ।
कुवेतमा ५५ मा संक्रमण
डेनमार्कमा १७८ मा संक्रमण
पाराग्वेमा १२ नयाँ केस तथा १ को मृत्यु
सिन्ट मार्टिनमा नयाँ केस भेटिएका छन् ।
श्रीलंकामा १ नयाँ केस ।
दक्षिण कोरियामा ५ जनाको मृत्यु भएको छ । २७ नयाँ केस भेटिएका छन् ।
न्यूजिल्याण्डमा ४ जनाको मृत्यु र १७ नयाँ केस भेटिएका छन् ।
ब्राजिलमा २७ जनाको मृत्यु र २९३ नयाँ केस भेटिएका छन् ।
ग्वाटेमालामा ११ नयाँ केस भेटिएका छन् ।
बोलिभियामा १ को मृत्यु र २४ नयाँ केस भेटिएका छन् ।
मेक्सिकोमा ३६ जनाको मृत्यु र ३५३ नयाँ केस भेटिएका छन् ।
चाईनामा ८९ नयाँ केस भेटिएका छन् । ८६ आयातित हुन भने ३ स्थानिय संक्रमण रहेका छन् ।
अमेरिका अहिलेसम्म ५ लाख ८७ हजार १७३ जना संक्रमित भएका छन् । जहाँ २३ हजार ६४४ को मृत्यु भएको छ । ३६ हजार ९४८ जना निको भएका छन् भने ५ लाख २६ हहार ५८१ वटा सक्रिय केसहरु रहेका छन् । १२ हजार ७७२ को अवस्था गम्भिर रहेको छ । अमेरिकामा हालसम्म २९ लाख ४३ हजार ९५५ जनाको नमूना परिक्षण गरिएको छ ।

स्पेनमा स्पेनमा १ लाख ७२ हजार ५४१ जनामा संक्रमण देखिएको छ । १८ हजार ५६ जनाको मृत्यु भएको छ । ६७ हजार ५०४ जना निको भईसकेका छन् भने ८६ हजार ९८१ सक्रिय केस रहेका छन् । ७ हजार ३७१ गम्भिर अवस्थामा रहेका छन् र ६ लाख को नमूना परिक्षण गरिएको छ ।

ईटाली इटालीमा अहिलेसम्म १ लाख ५९ हजार ५१६ जना संक्रमति भेटिएका छन् । २० हजार ४६५ जनाको मृत्यु भएको छ । ३५ हजार ४३५ जना निको भएका छन् भने १ लाख ३ हजार ६१६ वटा सक्रिय केस रहेका छन् । त्यहाँ १० लाख ४६ हजार ९१० को नमूना परिक्षण गरिएको छ ।

फ्रान्स फ्रान्समा अहिलेसम्म १ लाख ३६ हजार ७७९ जनामा संक्रमण देखिएको छ । १४ हजार ९६७ को मृत्यु भएको छ भने २७ हजार ७१८ जना निको भएका छन् । त्यहाँ ९४ हजार ९४ वटा सक्रिय केस रहेका छन् । ६ हजार ८२१ को अवस्था गम्भिर रहेको छ भने ३ लाख ३३ हजार ८०७ को नमूना परिक्षण गरिएको छ ।

जर्मनी जर्मनीमा १ लाख ३० हजार ७२ जनामा संक्रमण देखिएको छ । ३ हजार १९४ जनाको मृत्यु भएको छ भने ६८ हजार २०० निको भएर घर फर्किएका छन् । ५६ हजार ६७८ सक्रिय केस रहेका छन् भने ४ हजार २८८ को अवस्था गम्भिर रहेको छ । जर्मनीमा १३ लाख १७ हजार ८८७ को नमूना परिक्षण गरिएको छ ।

यूके यूकेमा ८८ हजार ६२१ जनामा संक्रमण देखिएको छ । ११ हजार ३२९ जनाको मृत्यु भएको छ भने ७६ हजार ९४८ सक्रिय केस रहेका छन् । जहाँ ३ लाख ६७ हजार ६६७ जनाको परिक्षण गरिएको छ ।

चाईना चाईनामा ८२ हजार २४९ जनामा संक्रमण देखिएको छ । त्यहाँ ३ हजार ३४१ जनाको मृत्यु भएको छ भने ७७ हजार ७३८ जना निको भईसकेका छन् । १ हजार १७० सक्रिय केस रहेका छन् भने ११६ जनाको अवस्था गम्भिर रहेको छ ।

भारत भारतमा १० हजार ५४१ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३५८ जनाको मृत्यु भएको छ भने १ हजार २०५ जना निको भईसकेका छन् । ८ हजार ९७८ सक्रिय केस रहेका छन् भने २ लाख ६ हजार २१२ को नमूना परिक्षण गरिएको छ । त्यहाँ वैशाख २१ सम्म लकडाउन लम्व्याईएको छ ।
नेपाल नेपालमा संक्रमतिको संख्या १६ पुगेको छ । एक जना निको भईसकेका छन् भने उनि सामान्य जिवनमा फर्किसकेका छन् । हालसम्म ६ हजार २९९ जनाको परिक्षण गरिएको छ । ति मध्य ६ हजार २८३ जनामा संक्रमण देखिएको छैन । हाल आसोसेलनमा ९९ जना रहेका छन् । यसैबिच सरकारले नेपालमा लकडाउनलाई वैशाख १५ सम्म लम्व्याएको छ ।

Share.

Leave A Reply