०२ जेठ २०८१

७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना

0

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी० स्थापना गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरि नै कोभिड–१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराउनुभयो । यसअघि केन्द्रीयस्तरमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी० स्थापना गरिएको थियो ।

उहाँले केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरुपमा तयार भएको जानकारी दिनुभयो । त्यहाँ अहिले सयभन्दा बढी श्यया र छ६ वटा सघन उपचार कक्ष ९आइसियु० तयारी अवस्थामा राखिएको छ । यसैगरी उहाँले आठजना सङ्क्रमित सबैका आफन्त, परिवार र साथीभाइ सबैको निगरानी ९कन्ट्याक ट्रेसिङ० सकिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार आजसम्म दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ तर नयाँ सङ्क्रमित नभेटिएको उहाँले जानकारी दिनुभयो ।

आजै १८० नमूना परीक्षण सङ्कलन गरिएको र ती सङ्कलितको नमूना परीक्षण भइरहेको छ । उहाँले मङ्गलबारदेखि ¥यापिड टेस्टमार्फत कैलाली र कञ्चनपुरमा नमूना परीक्षण भइरहेको बताउनुभयो । ती तीन ठाउँमा १८० जनाको नमूना परीक्षण भइरहेको छ । यसैगरी अछाम, जुम्ला र सुर्खेतमा ८०२ जनाको स्वाब नमूना सङ्कलन गरेर काठमाडाँै ल्याइएको छ भने दिपायलमा आज ३०० जनाको स्वाब सङ्कलन गरिने छ ।

उहाँका अनुसार अहिले मुलुकभरि १३४ जना आइसोलेशनमा रहेका छन् । आठ हजार ५८० जना क्वारेन्टाइनमा रहेका छन् । कल सेन्टरमा तीन हजार ३०६ जनाको गुनासा सम्बोधन भएका छन् । मन्त्रालयको वेबसाइट र मोबाइल एपबाट ८२९ जनाले कोभिड–१९ को स्वपरीक्षण ९सेल्फ इभ्यालुशन० गरेका छन् । तीमध्ये तीनजना रेड जोनमा परेका उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले नमूना सङ्कलनको दायरा बढाउनका लागि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो पिसिआर मेशिन पठाएको उहाँले बताउनुभयो । यसैगरी मन्त्रालयले क्वारेन्टाइन निर्देशिका, सङ्क्रमण निदानका निम्ति कार्यविधिसमेत तयार पारेको छ । रासस

Share.

Leave A Reply