१७ वैशाख २०८१

विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या वुधवारसम्म १४ लाख ४४ हजार ८२२ पुग्याे

0

काठमाण्डाै – विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या वुधवारसम्म १४ लाख ४४ हजार ८२२ पुगेको छ । आजसम्म मृत्यु हुनेको संख्या ८३ जहार १०९ पुगेको छ भने ३ लाख ९ हजार ११३ जना निको भएर सामान्य जिवनामा फर्किएका छन् ।

आज नयाँ संक्रमितको संख्या १३ जहार ९०३ थपिएको छ भने १ हजार ७५ जनाको मृत्यु भएको छ । अहिलेसम्म सक्रिय रहेका केसहरु १ लाख ५२ जहार ६०० रहेका छन् भने १ लाख ४ हजार ६१९ को अवस्था सामान्य रहेको छ । ४७ हजार ९८१ जनाको अवस्था गम्भिर रहेको छ ।

वुधवारसम्म को त्तथ्यांकलाई हेर्ने हो भने सबैभन्दा वढि कोरोनाको संक्रमण वढेको देश अमेरिका रहेको छ । अमेरिकामा हालसम्म ४ लाख ५४९ जना संक्रमित रहेका छन् । आज त्यहाँ २१४ जना नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार ८७३ जनाको मृत्यु भईसकेको छ ।

स्पेन अमेरिकापछि दोश्रो धेरै संक्रमित भएको देश हो । जहाँ १ लाख ४६ हजार ६९० जना संक्रमित भएका छन् भने १४ हजार ५५५ जनाको मृत्यु भएको छ । आज मात्रै स्पेनमा ५१० जनाले ज्यान गुमाएका छन् भने नयाँ ४ हजार ७४८ जना नयाँ संक्रमित थपिएका छन् ।

तेश्रो नं मा धेरै संक्रमित भएको देश इटाली रहेको छ । त्यहाँ १ लाख ३५ हजार ५८६ जना संक्रमित रहेका छन् भने अहिलेसम्म १७ हजार १२७ जनाको मृत्यु भईसकेको छ ।

चौथो धेरै संक्रमित भएको देश फ्रान्स हो । त्यहाँ १ लाख ९ हजार ६९ जना संक्रमित रहेका छन् । १० हजार ३२८ जनाको मृत्यु भईसकेको छ ।

पाँचौं धेरै संक्रमित भएको देश जर्मनी रहेको छ । त्यहाँ १ लाख ७ हजार ६६३ जना संत्रलमित भएका छन् भने २ हजार १६ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply