२० वैशाख २०८१

‘भिजन टु एक्सन’ सार्वजनिक गरेर प्रधानमन्त्रीले जन्मदिन मनाए

0

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरेर जन्मदिन मनाएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो ६९औं जन्मदिनको अवसर पारेर राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।


प्रधानमन्त्रीद्वारा सार्वजनिक गरिएको उक्त पुस्तकमा उनले विभिन्न समयमा व्यक्त गरेका विकास र समृद्धिका सम्बन्धमा अभिव्यक्त सम्बोधनहरु समाविष्ट छन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै प्रम ओलीले आफ्नो पुस्तकमा आगामी दिनमा राष्ट्र कसरी अगाडि बढ्न सक्छ भन्ने खालको विचारहरु समेटिएको हुँदा आफ्नो पुस्तक विगतलाईभन्दा आगतलाई हेरेर तयार पारिएको बताए ।

फोटो : राजन काफ्ले

Share.

Leave A Reply