१७ वैशाख २०८१

मेल्ससी फ्रुटमा स्नो फन कार्यक्रम सम्पन्न

0

जुरीख। एन आर एन ए स्विटजरल्याण्ड र स्वीस नेपाली समाज स्विटजरल्याण्डको संयुक्त आयोजनामा स्नो फन कार्यक्रम आयोजना गरियो। स्विटजरल्याण्डको पर्यटकीय ठाउँ कान्टोन ओववाल्देन स्थित मेल्ससी फ्रुटमा सो कार्यक्र भएको थियो।

भिजिट नेपाल २०२० को प्रचार प्रसार गर्ने उद्धेश्यको यो कार्यक्रम स्विटजरल्याण्डको हिमाली भेगमा गरिएको हो । कार्यक्रम मार्फत पर्यटकहरुको लागि नेपाल सुरक्षित रहेको जानकारी गराइयो। नेपाल सरकारले एनआरएनए संग सहकार्य गर्दै देश विदेशमा भिजिट नेपाल २०२० प्रचार प्रसार गर्न आह्वान गरेको कारण यो कार्यक्रम गरिएको आयोजकले जनाए।

स्की पर्यटनको लागि प्रसिद्ध रहेको ठाउँमा प्रशस्त पर्यटकहरु भिड भएकोले कार्यक्रमको लागि उक्त ठाउं रोजिएको आयोजकको भनाई छ। कार्यक्रममा स्विसबासी नेपाली सहित नेपाल प्रेमी बिदेशीको सहभागीता रह्यो। भिजिट नेपाल २०२० लेखेको पातलो टिसर्ट लगाएर र “नेपाली झण्डा सहित बुद्ध र मन्दिरका धनि नेपाल“ जनाउने ब्यानर सहित नेपालमा स्वागत छ भनेर बिदेशीहरुलाइ चिनाउदै ब्यानर प्रदर्शन गरिएको थियो । यसरी गरिएको प्रदर्शनलाई हिउ खेल्न पुगेका पर्यटकहरुको ध्यान खिच्यो ।सहभागीहरुले समेत स्नो बोर्ड, स्की र ८ किलोमिटर दुरीको हिउँको बाटोमा चिप्लेटी खेलेर रमाए।

Share.

Leave A Reply