०२ जेठ २०८१

सुरेनले गीतारको धुन सुनाउदै झुमाउने

0

जुरीख। नेपाली चर्चित गितारा बाधक सुरेन लामाको प्रस्तुती स्विजरल्याण्डमा हुनेछ। उनले युरोप टुर २०१९ के क्रममा जर्मनी र स्विजरल्याण्डमा आफ्नो प्रस्तुती राख्न लागेका हुन्।

यसै क्रममा स्वीस नेपाली समाजको आयोजनामा नोबेम्बर ३० तारेखको दिन ५ बजे Gubelhangstrasse 7, 8050 Zürich-Oerlikon मा उनको प्रस्तुति हुने भएको हो। जसको तयारी तिव्र पारिएको आयोजक स्विस नेपाली समाजले जनाएको छ।

सो कार्यक्रममा लामाले इन्थे फ्युजन, इन्डियन क्लासिकल र नेपाली लोक संगीतलाई गीतारको धुन मार्फत सुनाउदै दर्शकलाई झुमाउने छन्। यो कार्यक्रममा सहभागी बनी रम्न स्वीस नेपाली समाजले सबै नेपालीहरूलाई आग्रह गरेको छ । लामाले नोभेम्बर र डिसेम्बर महिनामा जर्मन र स्विजरल्याण्डका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति राख्ने छन् । यसअघि उनले सन् २०१५ मा पनि आफ्नो प्रस्तुति राखेका थिए।

Share.

Leave A Reply