२० वैशाख २०८१

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा उप्रेती

0

होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं. ३ को अध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् ।
विश्वका पर्यटकीय गन्तव्यहरु मध्ये उत्कृष्ट गन्तव्यको रुपमा रहेको नेपालको होटल तथा पर्यटन क्षेत्रमा रहेर आफ्नै लगानीमा साना तथा मझौला होटल व्यवसाय सञ्चालन गरिरहेका प्रदेश नं. ३ का १३ वटै जिल्लाका साना, मझौला एवं तारे होटल व्यवसायीहरुको छाता संगठन होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं. ३ को आईतबार सम्पन्न प्रथम अधिवेशनले उप्रेतिको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मतिले चयन गरेको हो ।


सन्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल प्रकाश बास्तोलाको प्रमुख आतिथ्यता एवं काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय रानामगर, होटल ब्याबसायी महासंघका केन्द्रिय अध्यक्ष अमृत भुजेल, पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी ,होटल ब्याबसायी महासंघका सस्थापक अध्यक्ष माधव नेपाल ,पर्यटन बोर्डका सदस्य दिपक महत, उद्योग बाणिज्य महासंघका पुर्ब वरिष्ठ उपाध्यक्ष भाष्कर राजकर्णिकारको विशेष आतिथ्यता र उद्येग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजन श्रेष्ठ, होटल ब्यबसायी संघ प्रदेश न १ का अध्यक्ष मनिन्द्र कटुवाल, प्रदेश २ का दिपेन्द्र पराजुली, प्रदेश ४ का अध्यक्ष अर्जुन चोख्याल लगायत प्रदेश ३ का १३ वटै जिल्लाका जिल्ला अध्यक्षहरुको उपस्थितिमा सम्पन्न अधिवेशनका अधिकाँश वक्ताहरुले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई उपलब्धीमूलक बनाउन र सरकारले लिएको २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यलाई परिणाममुखी बनाउन यस प्रकारका साना तथा मझौला होटलहरुको ठूलो योगदान रहने बताउँदै यस क्षेत्रमा आवद्ध व्यवसायीहरुले पनि आफ्ना व्यवसायलाई कसरी पर्यटन मैत्रि बनाउन सकिन्छ भन्ने तर्फ पनि ध्यान पु्र्याउन व्यवसायीहरुको ध्यानाकर्षण गराएका थिए ।

अधिवेशनको उद्घाटन शत्रमा बोल्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपालको पर्यटन विकासमा साना तथा मझौला व्यवसायीहरुको योगदान उल्लेखनीय रहेको स्मरण गर्दै यस क्षेत्रका व्यवसाय र व्यवसायीहरुको हित र संरक्षणमा पर्यटन बोर्डका तर्फबाट आफूले हुन सक्ने र गर्न सकिने सबै प्रकारका सहयोग गर्न आफू सदैव तयार रहेको प्रतिवद्धता जनाउँदै अधिवेशन सफलता सँगै नयाँ बन्ने कार्य समितिको सफलताको शुभकामना व्यक्त गरे ।


कार्यक्रमका प्रमुख अतिथि मन्त्री बास्कोटाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल पार्न सम्पूर्ण व्यवसायीहरुलाई आह्वान गर्दै व्यवसायीहरुको हक हितका लागि राज्यका तर्फबाट गर्न सकिने सबै प्रकारका सहयोगका लागि सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै अधिवेशन सफलताको कामना सहित नयाँ बन्ने कार्य समितिको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।


उक्त अधिवेशनको बन्द शत्रले आगामी कार्यकालका लागि सर्व सम्मत रुपमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । साथै सोही अधिवेशनले नयाँ कार्य समितिमा यस क्षेत्रका १३ वटै जिल्लाका जिल्ला संघका अध्यक्षहरुलाई पदेन सदस्यको रुपमा रहने व्यवस्था समेत गरेको छ ।


नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुः
अध्यक्ष – सन्तोष उप्रेती
बरिष्ट उपाध्यक्ष – दीपेन सुवेदी
प्रथम उपाध्यक्ष – देवराज नेपाल
द्वीतीय उपाध्यक्ष – निप्पु सोनार
महासचिव – दामोदर नेपाल
सचिव – श्यामकुमार भालु (श्रेष्ठ)
कोषाध्यक्ष – रमेश कुमार बराल
सहसचिव – अजय त्रिपाठी
सहकोषाध्यक्ष – शंकरलाल श्रेष्ठ
पदेन सदस्यहरु :
शैलेश कार्की – काठमाडौँ जिल्ला अध्यक्ष
अमृत श्रेष्ठ – सिन्धुली जिल्ला अध्यक्ष
विनोद के शी – भक्तपुर जिल्ला अध्यक्ष
राजकुमार श्रेष्ठ- धादिङ जिल्ला अध्यक्ष
शेखरमान श्रेष्ठ – रामेछाप जिल्ला अध्यक्ष
मधुसुदन थपालिया – नुवाकोट जिल्ला अध्यक्ष
ऋतुपेमा तामाङ्ग – रसुवा जिल्ला अध्यक्ष
राम प्रसाद गौतम – सिन्धुपाल्चोक जिल्ला अध्यक्ष
रञ्जित कुमार पाठक – दोलखा जिल्ला अध्यक्ष
काभ्रे जिल्ला अध्यक्ष खाली
चितवन जिल्ला अध्यक्ष खाली
ललितपुर जिल्ला अध्यक्ष खाली
मकवानपुर जिल्ला अध्यक्ष खाली
सदस्यहरु:
सिद्ध बहादुर शाही
दीपक पौडेल
सीताराम पहाडी
सुदिप देवकोटा
पुष्कर बस्नेत
दीपक ढकाल
राजकुमार प्याकुरेल
नेत्र प्रसाद न्यौपाने
विष्णु खड्का
कृष्ण श्रेष्ठ

Share.

Leave A Reply