२३ वैशाख २०८१

‘भिजिट नेपाल २०२० लाई सफल पार्न स्विट्जरल्याण्डमा अभियान

0

वेर्न । सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेको छ, जसका लागि स्विट्जरल्याण्डमा पनि अभियान सुरु भएको छ। स्विट्जरल्याण्डस्थित नेपाली दूतावासको आयोजना तथा एनआरएनएन स्विट्जरल्याण्ड र र स्वीसनेपाली समाजको सहकार्यमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको हो।

शनिवार राजधानी वर्नमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले नेपाल भ्रमणका लागि स्वीस नागरिकहरूलाई अनुरोध गरेका छन्। प्राकृतिक, सांस्कृतिक, मनोरञ्जन तथा  शाहसिक पर्यटनका लागि नेपाल उचित गन्तव्य रहेको बताउँदै उनले नेपाल पुग्न अनुरोध गरे। राजदूत भट्टराईले भने, ”भगवान गौतम बुद्धको जन्म स्थल, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश तपाई एक पटक मात्र पुग्नु भयो भने त्यो क्षण जीवनभरका लागि अविस्मरणीय रहनेछ। त्यही सम्झनाले पनि तपाइलाई पटकपटक नेपाल पुग्न प्रेरित गर्नेछ।”

यसअघि राजदूतको रूपमा जेनेभा आउनेबित्तिकै उनले नेपाली समुदायद्वारा बेर्नमा आयोजित पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन प्रवर्द्धन, लगानी र प्रविधि हस्तान्तरणलाई जोडेर आर्थिक कूटनीतिको क्षेत्रमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल पुगेका स्वीस नागरिक कारीना गासरले आफ्नो यात्रा र अनुभवबारे बताउँदै अन्यलाई घुम्नका लागि प्रेरित गरे। स्वीसनेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलले नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन पूर्वाधार विकासमा सहज बनाउन अनुरोध गरे।

एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङले पर्यटन वर्ष सफल पार्न गैर आवासीय नेपाली संघले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। नेपाली प्रेमी स्वीस नागरिकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति झल्कने स्थानीय कलाकारहरू कल्पना थापा, मञ्जु फुयाल र दिपसा आचार्यले नृत्यहरू प्रस्तुत गरेका थिए।

स्विट्जरल्याण्ड स्थित दूतावासका काउन्सिलर कुमार राईले कार्यक्रम संचालन गरेका थिए।

Share.

Leave A Reply