१५ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको सदस्यता नविकरणको म्याद १० दिन थप

0

एनआरएनए स्विट्जरल्याण्डको सदस्यता नविकरणको म्याद १० दिन थप गरिएको छ । यसअघि एनआरएनए स्विट्जरल्याण्डको सदस्यता नबिकरणको समय जुन ३० तारिक सम्म रहेकाेमा अब १० दिन थप गरी जुलाइ १० तारिक सम्म ताेकिएकाे छ । अझै धेरै जना सदस्यता बन्न छुट्नु भएकोले यहांहरुको समय लाई मध्यनजर गर्दै सदस्यता नविकरणको लागी म्याद थप गरिएकाे एनआरएनए स्विट्जरल्याण्डले जनाएकाे छ । जुलाई १० तारिक राती १२ बजे सम्म सदस्यता नबिकरण खुल्ला रहनेछ। त्यस पछि भने समय थप नगरिने एनआरएनए स्विट्जरल्याण्डले स्पष्ट पारेकाे छ ।

कसरी बन्ने सदस्य ?

– सदस्यता बन्नको लागि MIS System बाट नै बन्नुपर्ने छ तर passport size को photo अनिबार्य upload गर्नुपर्ने छ |
– तेही photo को आधारमा नयाँ NRNA cards उपलब्ध गरिनेछ |
– Switzerland मा बसोबास गरेको प्रमाणको लागि Switzerland को ID Card वा passport upload गर्न अनिबार्य न भएकोले तपांई संग भएको Driving licence, Health ansurance Card वा अरु कुनै पनि परिचय पत्र(Identity Card) upload गर्न सक्नुहुनेछ।
– सदस्यता बन्नको लागि यो लिंकमा गएर फारम भर्नुहोला। https://mero.nrna.org/register
– Member Registration प्रकृया सके पछी सदस्यता बापत् 30chf तलको NRNA Switzerland को खातामा अनिबार्य जम्मा गर्नुहोला |
Non-Resident Nepali Association, Switzerland
Account number: 85-497960-9
IBAN CH74 0900 0000 8549 7960 9
BIC POFICHBEXXX

साथै NRNA MEMBER REGISTRATION सम्बन्धि जानकारी लिनुपरेमा तल ऊल्लेखित NRNA का प्रतिनिधिहरुलाई संपर्क गर्न सक्नुहुनेछ।
अध्यक्षः भूमिराज गुरुङ, संपर्कः 076 427 5443
महासचिवः शुक्र श्रेष्ठ, संपर्कः 076 570 75 60
कोषाध्यक्षः प्रमोद भट्ट, संपर्कः 076 416 48 00
साथै संघका अरू पदाधिकारी एवं सदस्यहरुलाई संपर्क गर्न सक्नुहुनेछ।

Share.

Leave A Reply