०४ जेठ २०८१

एकदिवसीय सिरिजमा नेपाललाई ऐतिहासिक सफलता

0

यूएई बिरुद्धको तेश्रो एकदिवसीय क्रिकेट खेलमा यूएईलाई ४ विकेटले हराउँदै नेपालले ऐतिहासिक सफलता चुमेको छ ।
पारस खड्काको कप्तानीमा मैदानमा उत्रेको नेपाली क्रिकेट टिमले यो विजयसँगै यूएईसँगको तीन खेलको श्रृंखला २.१ ले आफ्नो पक्षमा पारेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट जगतमा एकदिवसीय मान्यता पाएको नेपालले आफूले खेलेको दोश्रो सिरिज मै उपाधि चुमेर नेपाली क्रिकेटलाई माथि उकासेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएपछि पहिलो सिरिज नेपालले नेदरल्याण्डसँग खेलेको थियो । जुन सिरिज बराबरीमा टुंगिएको थियो ।

सोमबार सम्पन्न आफ्नो एकदिवसीय खेलमा पहिलो शतक प्रहार गर्न सफल नेपाली कप्ता पारस खड्का एकदिवसीय खेलमा शतक प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर बन्दै प्लेयर अफ द सिरिज घोषित भएका छन् ।
सोमबार आईसीसी क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । यूएईले दिएको लक्ष्य पूरा गर्ने क्रममा उत्कृष्ट प्रदर्शनका साथ कप्तान पारस ११५ रनको योगफल दिएर छैठौँ विकेटको रुपमा आउट भए । १५ चौका र एक छक्का प्रहार गर्दै कूल १०९ बल खर्चिएर पारसले उक्त योगफल बनाएका हुन् । नेपाली खेलाडी करण केसीले दुई विकेट लिन सफल भए भने सन्दीप लामिछाने, सोमपाल कामी र पारस खड्काले १.१ विकेट लिएका थिए ।
फोटो: रमन सिवाकोटी

Share.

Leave A Reply