२१ वैशाख २०८१

प्रदेश नम्बर ४ को मन्त्रीपरिषद्ले पूर्णता पायो

0

पोखरा – प्रदेश नम्बर ४ को मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । सोमबार साँझ मन्त्रीपरिषद् विस्तार गरिएको हो । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा तनहुबाट निवाचित किरण गुरुङ, म्याग्दीबाट निर्वाचित नरदेवी पुन र पर्वतका विकास लम्साल हुनुहुन्छ ।

गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास मन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ । उद्योग मन्त्रीमा यसअघि रामशरण बस्नेत हुनुहुन्थयो ।बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाएर लम्साललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिईएको हो । यसअघि नवलपुरका सांसद रोशन गाहा थापालाई मन्त्री बनाउने तयारी भएपनि किरण गुरुङ सरकारमा आउने भएपछि गाहालाई पछि हटाईएको हो । गत शुक्रबार तिन बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको भएपनि किरणकै कारण अन्तिममा स्थगित भएको थियो ।

नवनियुक्त मन्त्रीहरुले सोमबार नै पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले उहाँहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनुभयो । प्रदेश ४ मा गएको फागुन ४ गते नै मन्त्रीपरिषद् गठन भएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित उद्योगमन्त्री बस्नेतले सँगै शपथ लिनुभएको थियो भने सोही दिन साँझ माओबादी तर्फबाट हरिबहादुर चुमान र लेखबहादुर थापा मन्त्री बन्नुभएको थियो । चुमान आन्तरिक मामिला तथा कानुन र थापा भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो । प्रदेश चारमा एमालेबाट मुख्यमन्त्री सहित चार र माओबादी केन्द्रबाट दुई जना मन्त्री हुनुभएको छ । प्रदेश चारमा एमालेको २७, माओबादी केन्द्रको १२ र काँग्रेसले १५ सिट जितेको थियो ।

Share.

Leave A Reply