२१ वैशाख २०८१

स्विटजरल्याण्डको राजधानी बेर्न मा मजदुर दिबस सम्पन्न

0

“संसार भरिका मजदुर एक हौं” भन्ने मुल नाराका साथ १२८ औं अन्तरास्ट्रिय मजदुर दिवस सदा झैं यस बर्ष पनि स्विटजरल्याण्डको राजधानी बर्न मा भब्य रुपमा सम्पन्न भएको छ। नेपाली जनप्रगतिशील मंच (तत्कालिन नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस)) स्विट्जरल्यान्डले मजदुर दिबसमा आफ्नो स्थापना काल देखि नै सक्रिय सहभागिता जनाउदै आएको छ। नेपाली जनप्रतिशील मंच स्विटजरल्याण्ड, स्विट्जरल्याण्ड भित्र भएका मजदुरहरु को हक हित तथा अधिकार को लागि स्थापना गरियको मजदुर संगठन युनिया स्वीस, स्वीस मजदुर संगठन तथा विभिन्न बुद्दिजिबी तथा बामपन्थी संगठनहरु र राजनीतिक दल द्वारा संयुक्तरुपमा आयोजना गरियको कार्यक्रममा नेपाली जनप्रतिशीलका सदस्यहरु, विभिन्न देश का आप्रबासी संगठनहरु, लगाएत स्थानीय मजदुर तथा सर्बसाधारण को बिशाल उपस्थिति रहेको थियो।


स्थानीय समय अनुसार बिहान ११.३० बजे क्राम्गास्से बाट सुरु भएको र्याली विभिन्न गगनभेदी नारा लगाउदै सहर को परिक्रमा गर्दै मध्यान्न १२ बजे बुन्देसप्लाट्ज (केन्द्रीय संसद भबन )अगाडी पुगेर सभामा परिणत भयको थियो। बुन्देश्प्लाज मा पुगेको र्याली मा सहभागीको लागि स्थानीय स्वीस खानाको ब्यबस्था पनि गरिएको थियो भने सभामा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। उक्त सभामा बोल्ने बक्ताहरु ले सर्बहारा मजदुर माथि पुजीपति वर्ग द्वारा गरिने श्रम शोसन बन्द गरिनु पर्ने भन्दै पुजिबादको घोर बिरोध गरेका थिए। संसारभरी चलिरहेको मजदुर आन्दोलनमा एक्यबद्दता प्रकट गरेका थिए। त्यसै गरि बढ्दो आप्रबासी समस्या र युरोप मा हालै देखिएको सरणार्थी माथिको विरोधाभास पूर्ण ब्यबाहार र सरणार्थीहरु माथि गरिएको कडाइको निन्दा गरेका थिए। कार्यक्रममा बोल्ने अधिकाम्स बक्ताहरुले विभिन्न प्रकारका रंगभेद र पक्षपात र भेदभाबको कडा निन्दा गरेका थिए। कार्यक्रममा स्वीस राजनीतिक दल एस पी कि संसद, जसो स्विस पार्टी का अध्यक्ष, युनिया स्विस कि प्रमुख, राजनीतिक दल ग्रुने स्विस कि संसद, अध्यागमन बिभागका प्रतिनिधि लगाएतले सम्बोधन गरेका थिए।
जनप्रतिशील मंच स्विसले सो कार्यक्रममा आफ्नो संगठनको ब्यानर र हसिया हथौडा अंकित झन्डा सहित प्रदर्शन गरेको थियो भने स्थानीय जनता र संचार माध्यममा उक्त ब्यानर आकर्षणको केन्द्र बनेको थियो।

Share.

Leave A Reply