२६ वैशाख २०८१

लालुपातेको अपार सफलतापछि गायक जोहेवको ‘भ्यालेण्टाईन’ गीत सार्वजनिक

0


केही समयअघि मात्र लालुपाते बोलको एलबम मार्फत आफ्नो सफलतालाई चुल्याउन सफल गायक जोहेव मानन्धरले पुनः अर्को गीत भ्यालेण्टाईन सार्वजनिक गरेका छन् ।
गीत संगीतको क्षेत्रमा निरन्तरता दिन कठिन भएको चर्चा चलिरहँदा नेपाली गीत संगीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागि रहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले भ्यालेण्टाई दिवसको पूर्व सन्ध्यामा उक्त गीत सार्वजनिक गरेका हुन् ।
नेपाली गीत संगीतको क्षेत्रमा आफ्नै शैली र छुट्टै पहिचान बोकेर चर्चा कमाउँदै अगाडि बढिरहेका यिनै चर्चित गायक बेला बेलामा मीठो गीत पस्केर श्रोताहरुलाई मन्त्रमुग्ध पार्न सफल भएका छन् । भ्यालेण्टाईन डेको अवसर पारेर उनले will u be my valentine? बोलको भिडियो गीत सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता दाहालसँग जोहेबको युगल स्वर सुन्न सकिन्छ । सुनिता दाहाल छोटो समयमा नै नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल गायिकाको रुपमा चिनिएकी छिन् । उनको हिँड्दा हिँड्दै बोलको पहिलो गीत नै धेरै श्रोताहरुले रुचाइएको गीत थियो । शाश्त्रीय संगीत कि विद्यार्थी सुनिताको स्वरमा मिठास पाइन्छ । भ्यालेण्टाईन डेको यस गीतमा पनि जोहेब र सुनिताको स्वरमा राम्रो कम्बिनेसन देखिएको छ । गायक जोहेबको नै शब्द र संगीत रहेको यस गीतमा राजु सबक र रचिता क्षेत्रीको अभिनय रहेको छ भने अहिलेका चर्चित भिडियो मेकर पासाड. योञ्जन लामाले निर्देशन गरेका छन् । त्यसैगरी गीतको भिडियोमा ज्ञानेन्द्र शर्माले क्यमेरामा र प्रवीन श्रेष्ठले इडिटिड.मा साथ दिएका छन् ।


गायक जोहेबका अन्य गीतहरुमा झैं यस गीतमा पनि एरेञ्जरको काम सन्दिप कार्कीले नै गरेका छन् । अत्यन्त मीठो शब्द संगीत अनि एरेञ्जमेण्टका साथै व्यवसायिक स्तरको भिडियो मेकिड.ले गर्दा गीतलाई सुनमा सुगन्ध थपिएको मान्न सकिन्छ । गीतका केही दृष्यहरुमा गायक जोहेब र गायिका सुनिताको पनि अभिनय देख्न पाइन्छ । नेपाली गीत संगीतको क्षेत्रमा बिरलै मात्र प्रयोगमा आएको भ्यालेण्टाइन डे सम्बन्धी यस गीतले थुप्रै श्रोताको मन जित्न सक्ने प्रबल सम्भावना रहेको छ ।

Share.

Leave A Reply