१५ वैशाख २०८१

स्विटजरल्याण्डमा विजया दशमीको अवसरमा भब्य साङ्गीतिक कार्यक्रम हुने

0

२ अक्टोबर २०१६, स्विटजरल्याण्ड । विजया दशमी २०१६ को शुभ-अवसरमा स्विटजरल्याण्डमा एक भब्य साङ्गीतिक कार्यक्रम सहित दशैं कार्यक्रमको आयोजना हुने भएको छ । कार्यक्रममा नेपालका चर्चित गायकहरु अभिनाष घिसिङ, कमल खत्री र भरत सिटौलाले साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने छन् । आईतबार, १६ अक्टोबर २०१६ मा उस्टरको युगेन्ड झेन्त्रुममा (Freizeit- und Jugendzentrum, Zürichstrasse 30, 8610 Uster) आयोजना हुने दशैं कार्यक्रमका आयोजक द्वय लोकेन राना र दावा तमाङले स्विटजरल्याण्डबासी नेपाली दाजुभाई दिदिबहिनीहरु लाई हार्दिक निमन्त्रणा गर्दै कार्यक्रममा विजया दशमीको फुलपाति सहित टिका कार्यक्रम पनि रहेको जनाएका छन् । कार्यक्रमको प्रवेश शुल्क प्रतिब्यक्त्ति ३० स्विस फ्र्याङकस् रहेको छ । प्रवेश शुल्क अन्तर्गत प्रत्येक सहभागीलाई एक पेय पदार्थ, सेल रोटि-आलुदमको अपेरो र स्वादिष्ट नेपाली खाना उपलब्ध गराईने आयोजकहरूले बताएका छन् ।

कार्यक्रम विवरण:

मिति/समय: आईतबार, १६ अक्टोबर २०१६, दिनको १५:०० बजे कार्यक्रम आरम्भ ।

स्थान: Freizeit- und Jugendzentrum, Zürichstrasse 30, 8610 Uster

प्रवेश शुल्क: प्रतिब्यक्त्ति ३० स्विस फ्र्याङकस्

बिस्तृत जानकारीका लागि सम्पर्क: लोकेन राना (मोबाईल: ०७६ ४५४ ६७ ६२), दावा तमाङ (मोबाईल: ०७८ ८३८ ४४ ७१)

अभिनाष घिसिङ, कमल खत्री र भरत सिटौला: मनोरञ्जन ग्यारन्टि

अभिनाष घिसिङ, कमल खत्री र भरत सिटौला नेपाली साङ्गीतिक क्षेत्रका परिचित नामहरु हुन् । तिनै गायकहरूले आ-आफ्नो स्वर र सङ्गीतको माध्यमबाट दर्शकदिर्घालाई नचाउने र मोहनी लागाउने क्षमता राख्दछन् । नेपाली लोक भाखामा पनि उत्तिकै दखल राख्ने अभिनाष घिसिङका गीतहरु युवा पुष्तालाई लठ्याउने र नचाउने प्रकारका छन् ।

सन २००५ देखि संगीत क्षेत्रमा सक्रिय कमल खत्रीका ‘पीडा’, ‘आत्मा म’, ‘ईमाजिनेशन’ र ‘प्रस्ताब’ नामका सांगीतिक एल्बमहरु बजारमा आईसकेका छन् । ‘म गीत हुँ तिम्रो’, ‘टुक्रेको मुटु’ र ‘नजिक छौ तिमी, मेरो नजिक’ बोलका उनका गीतहरु श्रोतहरु ले अत्यधिक मनपराएका गीतहरु हुन् । कमल खत्रीका गीतहरुमा प्रेम, बिछोड, पीडा जस्ता भावनाहरु भेटिन्छन् ।

त्यसैगरी भरत सिटौलाका ‘मोड’ र ‘म अनि तिमी’ नामक म्युजिक एल्बमहरु सार्वजनिक भईसकेका छन् । सिटौला एक कुशल गायक र गिटारिष्ट हुन् । ‘बैंशमा म पनि’, ‘अचानक आज तिमीलाई’, ‘माया लाउन त’ र ‘हुन्छ भने हुन्छ’ श्रोताहरु बाट सर्वाधिक रुचाईएका उनका गीतहरु हुन् । उनको गीत-सङ्गित मेलोडिपूर्ण रहने गरेका छन् । सिटौलाले ‘हिट्स एफएम अवार्ड’ जिते पछि साङ्गीतिक क्षेत्रमा उनले अझै प्रसिद्धि हासिल गरे ।

अभिनाष घिसिङ, कमल खत्री र भरत सिटौलाले ‘यूरोप टुर २०१६’ अन्तर्गत यूरोपका अन्य देशहरुमा पनि आफ्नो साङ्गीतिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन् । यि तिन गायकहरु को एउटै स्टेजमा हुने साङ्गीतिक समागमनले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने र नचाउने विश्वाश गर्न सकिन्छ ।

Share.

Leave A Reply