१४ वैशाख २०८१

१८औं टुबोर्ग ईमेज अवार्ड विशेष कार्यक्रमबीच सम्पन्न

0

२६ सेप्टेम्बर २०१७, स्विटजरल्याण्ड । नेपाली सांगीतिक क्षेत्रमा स्थापित एवं प्रतिष्ठित अवार्ड इमेज अवार्डको १८औं संस्करण ‘१८औं टुबोर्ग ईमेज अवार्ड’ २४ सेप्टम्बर २०१६ मा काठमाण्डौंमा एक विशेष कार्यक्रमबीच सम्पन्न भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजित अवार्डको फाईनल सेरेमोनिमा नेपाली गीत-संगीतका विविध विधाहरुमा अवार्ड प्रदान गरियो । कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा चार दशक भन्दा बढी गीत-संगीतको सृजनाको माध्यमबाट योगदान दिएका लोकप्रिय संगीतकार शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरियो।

२०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारणमा आएका गीत-संगीतलाई अवार्डको लागि छनौट प्रकृयामा समावेश गरिएको  थियो । स्विटजरल्याण्ड निबासी चर्चित गायक सुभाष सुन्दासको ‘माया हो’ बोलको गीत पुरुष तर्फको सर्वोकृष्ट नेपाली पप गायन विधामा अवार्डका लागि छनौट भएका उतकृष्ट पाँच गीतहरुमा परेको थियो । तर ‘माया हो’ ले उक्त्त विधामा अवार्ड भने हात पार्न सकेन । गायक सुन्दासले उनको फेसबुक स्ट्याटसमा ‘माया हो’ अवार्डका लागि मनोनयन भएकोमा खुसी ब्यक्त्त गर्दै भविष्यमा गीत-संगीतको सृजनामा निरन्तर लाग्ने बताएका छन् । साथै उनले उनको गीत-संगीतका प्रशंसक एवं श्रोताहरुलाई सहयोगका लागि घन्यवाद ज्ञापन गरेका छन् ।

१८ औं टुबोर्ग इमेज अवार्डका नेपाली गीत-संगीतका विविध विधाका विजेताहरुको सूची यसप्रकार रहेको छ:

लाइफटाइम अचिभमेन्ट अवार्ड : शम्भुजित बास्कोटा

सर्वोत्कृष्ट पुरुष गायन : ‘धोका दिने’ बाट – मनोज राज

सर्वोत्कृष्ट महिला गायन :  ‘आकाश उही’ – बानीका प्रधान

सर्वोत्कृष्ट गीत : ‘गोरी भन्दा’ – सत्यराज आचार्य

सर्बोत्कृष्ट एल्बम : ‘मधुशाला’

सर्वोत्कृष्ट संगीत : सत्यराज आचार्य

सर्वोत्कृष्ट गीतकार : रमेश बिजी

पप गीततर्फ सर्वोत्कृष्ट गायक : अनिल सिंह

पप गीततर्फ सर्वोत्कृष्ट गायिका : रेश्मा सुनवार

सर्वोत्कृष्ट नव कलाकार : अर्जन पाण्डेले

सर्वोत्कृष्ट लोकदोहोरी गीत : नीता पुनमगर

सर्वोत्कृष्ट लोकगीत गायन : राजु ढुंगेल र नवीन ढुंगेलले

सर्वोत्कृष्ट लोकदोहोरी गीत गायन : कुमार पुन र प्रीति आलेले

सर्वोत्कृष्ट लोकगीत संकलन : बसन्त थापा

सर्वोत्कृष्ट चलचित्र गीत : प्रेमगीत

सर्वोत्कृष्ट संगीत संयोजन : गोपाल रसाइली

सर्वोत्कृष्ट गीत मुद्रण : मित्र लामा

राष्ट्रिय भावनाले ओतप्रोत गीत रचना : धमेन्द्र सेवान

सर्बोत्कृष्ट समूह गायन : रोविन शर्मा र बानिका प्रधानले

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक : सतिश श्रेष्ठ

सर्वोत्कृष्ट म्युजिक भिडियो : नितिन थापा

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार : अनिल के मानन्धर

सर्वोत्कृष्ट भिडियो सम्पादन : टेकेन्द्र शाह

पब्लिक च्वाइस अवार्ड : ‘सुर्के थैली खै’

लाइफटाइम अचिभमेन्ट अवार्ड : शम्भुजित बास्कोटा

Share.

Leave A Reply