१४ वैशाख २०८१

एनआरएनए स्विटजरल्याण्डका उपाध्यक्षद्वारा आपत्ति

0

७ सेप्टेम्बर, स्विटजरल्याण्ड । गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डका उपाध्यक्ष श्याम घलेले हिजो ६ सेप्टम्बर २०१६ मा एक विज्ञप्ती प्रकाशित गरी त्यसै दिन जुरीखको क्लोटनमा संघद्वारा आयोजना गरिएको एक अन्तरकृया कार्यक्रमको अनलाईन मिडियाहरुमा प्रकाशित निमन्त्रणामा संयोजनमा रहेका दुई मध्ये एकमा आफ्नो नाम रहेकोमा असहमति र आपत्ति जनाएका छन् । अर्को पक्षको विचार बुझ्न नेपाल स्वीस डट कमले गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डका पदाधिकारीहरु संग सम्पर्क गर्दा निमन्त्रणाको ड्राफ्ट संघको भाईबर च्याट ग्रुपमा हालेर परिस्कृत बनाए पछिमात्र संघले मिडियालाई पठाएको जानकारी प्राप्त भयो । जानकारीका अनुसार ड्राफ्ट निमन्त्रणामा श्याम घलेको मोबाईल नम्बर गलत परेकाले उनि आफैंले त्यसलाई सच्याएका थिए र मिडियामा प्रकाशित हुनु अघि उक्त्त निमन्त्रणाबाट आफ्नो नाम हटाउनका लागि उनले अनुरोध गरेनन् ।

श्याम घलेद्वारा संप्रेषित विज्ञप्ती जस्ताको तस्तै:

‘टुर दि पोखरा २०१६’ (Tour De’Pokhara 2016 समचार प्रती मेरो घोर आपती र भर्सना 

आदरणीय स्विसबाशी  नेपाली दिदीबैनी, दाजुभाइहरु मेरो बिनम्र नमस्कार 

आज मिती २०१ ६ सेप्टेम्बर ६  को दिन बेलुका Peking Garden Restaurant, Bahnhofstrasse 5, 8302 Kloten एन रा एन एन एन सी सी स्विसले आयोजना गर्ने भनि हिजो विभिन्न ओनलाइन मेदियाहरुमा म संयोजन रहेको समाचार प्रती मेरो घोर आपती र असहमती रहेको कुरा स्विसबाशी नेपालीहरु समक्ष प्रस्त्याउन चाहन्छु।  साथै उक्त समाचारको घोर भर्सना गर्न चाहन्छु।  

‘टुर दि पोखरा २०१६’ (Tour De’Pokhara 2016)  को कार्यक्रम एन रा एन ए स्विसले आयोजना गर्ने सम्बन्धमा एन रा एन ए स्वीसका आइ सी सी सदस्य बिनय श्रेष्ठले एन एअरा एन ए स्विसको कार्यसमितीको भाइबर ग्रुपमा कार्यक्रम गर्नको लागि प्रस्ताब राख्नु भएको थियो।  उक्त प्रस्ताबमाथी मैले स्वयं कार्यक्रमको उदेश्य ,धारण सहित कार्यक्रमको बारेमा प्रस्ट रुपरेखा ल्याउनको लागी लिखित रुपमा उक्त भाइबर ग्रुपमा राखेको थिए।  र साथै  सनिबार सम्पन्न भएको कम्पिंग मा पनि बिनय श्रेष्ठ जी सग मौखिक कुरा हुदा उही कुरा दोहोर्याउदै कार्यक्रम गर्ने प्रती सकारात्मक तर कार्यक्रमको बारेमा बिस्तृत खाका सहित एन रा एन ए स्विसको कार्यसमितीमा छलफलको लागी  लिखित पेश गर्नको लागी हामी बिचमा कुरा भएको थियो।  तर एक्कासी आस्चर्य जनक तरिकाले ओनलाइन मेडियाहरुबाट मिति ,समय ,स्थान र म स्वयम् उक्त कार्यक्रमको संयोजन भएको समाचार आउदा म आस्चर्यमा परेको छु। साथै कार्य समितीको जिम्मेवार साथिहरुसग फोनमा तुरुन्त सम्पर्क गरि बुझ्दा उहाहरु स्वयम् यो कार्यक्रम को बारेमा अनभिज्ञ ,बेखबर सहित आस्चर्य प्रकट गर्नु भयो।  यस्ता अति रंजित  र भ्रमित समाचारहरु मार्फत स्विसबाशी नेपालि ,दाजुभाइ, दिदिबैनिहरुमा एन रा एन ए जस्तो मर्यादित सस्थालाई बिबादित र भ्रमित पर्ने काम नगर्न हुनको लागी म आग्रह गर्दछु।आगामी दिनहरुमा  सस्था र नेपालि समाज प्रती मर्यादित, बिधि सम्बत भएर नेपालि समाजमा बाहिर ल्याउनको लागि पुन स्मरण गर्न चाहन्छु।   

धन्यबाद सहित 

एन रा एन ए स्विस 

उपाध्यक्ष 

श्याम घले 

Shyam Ghale

Vice-President

NRNA NCC-CH(2015-2017)

Mobile: 078 722 37 90

Skype  : ghaleshyam

Share.

Leave A Reply