१५ वैशाख २०८१

मह -जात्रा २०१६ कार्यक्रमको सम्पूर्ण तयारी पुरा

0

“भनिन्छ १२ बर्ष पछि खोला नि फर्कन्छ“

लगभग १२ बर्ष पहिले  स्विजरल्याण्डमा आफ्नो प्रस्तुति पस्केका नेपालका चर्चित हास्यकलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) पुन: तपाई हामी सामु विभिन्न कार्यक्रमका साथ् मह – यात्रा २०१६ लिएर मे २९ तारिख स्विजरल्याण्डको बर्न शहरमा आउदै हुनु हुन्छ ।

“नेपालको शैक्षिक क्षेत्रमा एनआरएनए स्विजरल्याण्डको साथ” भन्ने उद्देश्य लिएर   गैर-आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्डको आयोजनामा हुन लागिरहेको  मह -जात्रा  २०१६ कार्यक्रमको  सम्पूर्ण तयारी पुरा भएको छ।

नेपाली हाँस्य कला क्षेत्रमा हाँस्य व्यंग्यका साथै चेतना मुलक कार्यक्रमहरु पनि प्रस्तुत गर्दै आउनु भएका लोकप्रिय कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) संगै कलाकारहरु नरेन्द्र कंसाकार , माण्डवी त्रिपाठी , यमन श्रेष्ठ र मोहित आचार्यको पनि बेजोड प्रस्तुति रहने छ ।

यस कार्यक्रम बाट बचत भएको सम्पूर्ण रकम नेपालमा शैक्षिक  क्षेत्रमा सहयोग गर्ने गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्डले निर्णय गरिएको पनि जानकारी गराउदछौं ।

नेपालका  प्रतिष्ठित एवं चर्चित कलाकारको बेजोड प्रस्तुति हेर्ने र सुन्ने यस सुवर्ण अवसरलाई सदुपयोग गर्दै कार्यक्रमलाई सफल बनाउन  सम्पूर्ण स्विजरल्याण्डवासी  नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि  हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रमको जानकारी :

मिति = २९ मे २०१६ , आईतवार 

ठेगाना = Steigerhubelstrasse 65, 3008 Bern

गेट खुल्ला = १४.०० बजे 

कार्यक्रम शुरु = १५.०० बजे 

प्रवेश शुल्क = ५० स्विस फ्रान्क (साथमा नेपाली खाना र सफ्ट ड्रिंक )

 गैर-आवसिय नेपाली संघ,

 राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्ड

Share.

Leave A Reply