१४ वैशाख २०८१

शर्मिला बर्देवालाई ईनासको सम्मान

0

१५ मे २०१६, स्विटजरल्याण्ड। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को चौथो युरोपेली एकल नेपाली नृत्य र प्रथम नेपाली गायन प्रतियोगिता भब्यताका साथ अघि बढिरहेको छ। प्रतियोगि कलाकारहरुले रोमाञ्चक गीत र नृत्यहरु प्रस्तुत गरिरहेका छन्। यसैबीच ईनासले नेपालीकी प्रख्यात गायिका शर्मीला बर्देवालाई उनले गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै  सम्पान गर्यो। कार्यक्रमका प्रमुख अथिती राजदुत दीपक धिताल, बिशिष्ठ अथितिहरु एनआरएनएका प्रमुख संरक्षक जीवा लामिछाने र उपाध्यक्ष कुमार पन्त, ईनास ग्लोबलका अध्यक्ष पष्प बरुवाल र युरोप संयोजक अर्जुन काफ्लेले संयुक्त रुपमा हस्तानतारण गरे। उक्त सम्मान कार्यक्रममा एनआरएन र ईनासका प्रतिनिधिहरुले लोकप्रिय गायिका बर्देवालाई खादा लगाई सम्मान गरेका थिए। सम्मान कार्यक्रममा ईनासका मिडिया संयोजक प्रकाश तिवारीद्वारा तयार पारिएको शर्मिला बर्देवाको परिचय र गीत-संगीत क्षेत्रमा  उनको योगदान झल्कने एक बृतचित्र पनि प्रस्तुत गिएको थियो। सम्मान पशचात बोल्दै गायिका बर्देबाले सम्मानले आफुलाई भावविभोर बानएको र श्रोताहरुको माया उनकोलागि सबैभन्दा महत्वपूर्ण भएको बताईन्। साथै उनले उनका सदाबहर गीतहरु श्रोताहरुका लागि प्रस्तुत गरिन।

नेपाल स्विस डट कमले यस अघिनै प्रकाशित गरेको गायिका बर्देवाको छोटो परिचय

काठमाण्डौंमा जन्मिएकि गायिका बर्देवाले शास्त्रिय गायनमा डिप्लोमाको शिक्षा हासिल गरेकि छिन्। विक्रम सम्वत २०४५ को उनको पहिलो म्युजिक कन्सर्टसंगै आफ्नो सांस्कृतिक यात्राको आरम्भ गरेकी उनले छ सय भन्दा बढि नेपाली गीतहरुमा आफ्नो सुमधुर स्वर दिईसकेकी छिन्। उनले ३५ भन्दा बढि नेपाली चलचित्रका लागि गीत गाएकी छिन्। गायिका बर्देवाको प्रथम म्युजिक एल्बम “तिमी बिना पनि” पछि “भेटन मन लाग्छ”, “अर्को जवाफ”, “स्पर्ष”, “मुस्कान” नामक एल्बमहरु बजारमा आईसकेका छन्।

गायिका बर्देवाका गीतहरुमा नेपाली माटोको सुगन्ध र नेपाली जीवनका उकाली ओरालीहरुलो स्पर्ष भेटिन्छ। पीडा, प्रेम र बिछोड जस्ता जीवनका संवेदनशिल पाटाहरुलाई उनको स्वरले सदैव न्याय दिएको छ भन्दा अन्यथा नहोला। हरिभक्त कटुवालको शब्द रहेको तल उद्धृत उनको गीतले अस्थाई जोवनको मार्मिक बयान गरेको पाईन्छ।

 “निल काँडा झैं मन फुल्यो, काँस जस्तै केश राजै, काँस जस्तै केश

छोडि जाने पापी बैंस, छोडि जाने पापी बैंस

नआएकै बेस राजै, नआएकै बेस”

गायिका बर्देवाले नेपाली, नेवारी, मैथली र भोजपुरी गरी विविध भाषाहरुका गीत गाएकी छिन्। त्यसैगरी उनले आधुनिक, पप, लोक, दोहरी जस्ता संगीतका विविध विधामा समान र सशक्त उपस्थिति देखाएकी छिन्। लगभग एक दर्जन देशहरुमा आफ्ना सांगीतिक कोशेलि प्रस्तुत गरिसकेकी गायिका बर्देवाले रेडियो नेपाल प्रतिभा पुरस्कार, हिट्टस् एफ एम अवार्ड, सानमिगेल म्युजिक अवार्ड, गीताञ्जलि सिने अवार्ड र डाबर सिने अवार्ड जस्ता पुरस्कारहरु प्राप्त गरेकि छिन्।

DSC_0538

शब्द, संगीत र स्वरको भावपूर्ण मिश्रण रहने उनका गीतहरु सदाबहार प्रकृतिका छन्। उनलाई सबैभन्दा बढि मनपर्ने गीतहरु मध्येको एक गीतको केहि शब्दहरु उनकै सम्मानमा यहाँ उद्धृत गरिएको छ।

“फुलको जवाफ पत्थरले दिनेलाई, औंलो दिँदा संसारै निल्नेलाई

कस्को चल्छ जोर, बरै कस्को चल्छ जोर

पिरतीमा आउँदो रहेछ यस्तो पनि मोड”

Share.

Leave A Reply