१४ वैशाख २०८१

नवराज घिमिरेको गीति एल्बम दौडान सार्वजनिक

0

DSC_5272

बरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालले नेपालमा स्रष्टाहरु सिर्जनाबाट मात्र बाँचन् सक्ने अवस्था नरहेको बताउनु भएको छ ।
राजधानीमा गीत तथा संगीतकार नवराज घिमिरेको गीति एल्बम ‘दौडान’ विमोचन गर्दै गीतकार बरालले गीति एल्बम वा पुस्तक विक्रीबाट मात्र स्रष्टाहरु बाँच्ने अवस्था अझै बन्न नसकेको बताउनु भएको हो ।

DSC_5275
घिमिरेको गीतमाथि समीक्षा गर्दैै गीतकार बरालले सिर्जना बिक्न नसके पनि सीआरबीटी र पीआरबीटीबाट केही रकम पाए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । उहाँले अहिले युट्युबाट केही आम्दानी हुने गरे पनि त्यो पनि पुराना स्रष्टाका लागि बुझ्दाबुझ्दै अर्को प्रविधिले खाने गरेको बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एवं सल्लाहकार रामेश्वर शाहले गैरआवासीय नेपालीहरुले देशमा आर्थिक लगानी मात्र नगरी ज्ञान, सीप, भाषा, संस्कृति र कलाको क्षेत्रमा पनि योगदान गरेको बताउनुभयो ।

DSC_5539
कार्यक्रममा घिमिरेको दौडान समूहिक रुपमा विमोचन गरिएको थियो । दौडानमा ६ वटा गीतहरु समावेश गरिएका छन् । यो एउटा सम्झना, जाने जाने, हाम्रो खबरदारी, नेपाल जाने धोको, एनआरएनए हो, यो एउटा सम्झना जस्ता गीतमा नवराज घिमिरेको स्वर रहेको छ भने दाइजो दोहोरी नामक दोहोरी गीतमा नवराज घिमिरे र रिता केशीको स्वर रहेको छ । शब्द र संगीत घिमिरेकै रहेको दौडान प्रवासी वेदनामा आधारित रहेर पनि नेपाली संस्कृति र प्राकृतिक सुन्दरताको वर्णन समेत समेटिएको स्रष्टा घिमिरेले जानकारी दिनुभयो । एल्बम विमोचन कार्यक्रममा बोल्दै गायक घिमिरेले आफ्नो जन्मभूमिबाट लामो समयसम्म विदेशिएर बस्नु पर्दाको आफ्नै आन्तरिक पीडालाई आधार बनाएर रचना गरिएको दौडानमा विशेषगरी विदेशमा रहने गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको वास्ताविक दैनिक जीवत कहानी, कथा र यथार्थलाई गीतमा माध्यमबाट छर्लङ्ग पार्न खोजिएको बताउनुभयो ।

DSC_5475
स्वीट्जरल्याण्ड निवासी गीत तथा संगीतकार घिमिरेको यो पहिलो गीति एल्बम हो । डा. मिना सिंह खड्का, शशी शर्मा मजगइया, बुद्धि विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । कार्यक्रमका सभापति चर्चित गायक जोहेव मानन्धरको सभापतित्व र दामोदर नेपालको सञ्चालमा सम्पन्न उक्त कार्यक्रममा गायक नवराज घिमिरे र रिता केशीले दोहोरी प्रस्तुत गर्नु भएको थियो भने गायक जोहेव मानन्धरले पनि गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

DSC_5418

Share.

Leave A Reply