१५ वैशाख २०८१

हलिउडमै ठगिए नायिका, नायकभन्दा ७ गुणा कम पारिश्रमिक

0

ओस्कार अवार्ड जित्ने नायिकाको चर्चा प्रायः राम्रै हुन्छ । अवार्ड सम्पन्न भएको केही महिनासम्म अवार्ड, नायिका र अवार्ड प्राप्त चलचित्रका बिषयवस्तुबारे अनेक कोणबाट चर्चा हुन्छ ।तर, यसपटक सह(अभिनेत्रीको अवार्ड जितेकी नायिका प्याट्रिशिया आर्केटले नायिकाको कमाईको कुरा गरेपछि यो बहसमा अधिकारको कुराले स्थान पाएको छ ।

हरेक अमेरिकी नागरिकले अर्काको अधिकारको लागि लडेको धारणा राख्दै प्याट्रिशियाले भनिन् ‘अब हामी हाम्रै अधिकारका लागि लड्ने बेला भएको छ ।’ अमेरिकामा नायक र नायिकाले पाउने पारिश्रमिकमा ठूलो अन्तर भएको भन्दै उनले भनिन् ‘अब हामीले पनि पुरुष समानको अधिकारका लागि लड्ने बेला आएको छ ।’

महिला कलाकारले पुरुष बराबर मेहनत गर्दा पनि निक्कै कम पारिश्रमिक पाउनु परेको गुनासो गरेकी छिन्, उनले । नेपाली चलचित्र उद्योगको कुरै रहेन, बलिउडमा पनि नायिका र नायिकाको पारिश्रमिक अनुपात झण्डै यस्तै खालको छ । तर, बलिउडमै पारिश्रमिकको यस्तो असन्तुलन देखिएपछि पारिश्रमिक बिभेदको मुद्दाले चलचित्र बजार तातेको छ ।

बलिउडमा शाहरुख खान, सलमान खान, अमिर खानलाई एउटा चलचित्रमा काम गराएवापत ५० करोडसम्म दिने चलन छ भने नायिकाले ७र८ करोडमै चित्त बुझाउनु परेको छ ।
खासै चर्चामा आउन नसकेका नाियकाहरुले केही लाखमै चित्त बुझाउनुपर्छ । यस्तो अबस्थामा बलिउडमै नायक(नायिकाको पारिश्रमिक झण्डै ५० गुनाले फरक पर्न जान्छ ।

Share.

Leave A Reply