१४ वैशाख २०८१

भारतीय उच्च कूटनीतिज्ञ पाकिस्तानमा

0

भारतीय एक प्रमुख कुटनीतिज्ञ द्विपक्षीय मुद्दामा वार्ता गर्नको लागि मङ्गलबार पाकिस्तान पुग्नु भएको अधिकारीहरुले जनाएका छन । पाकिस्तान पुग्नु भएका भारतीय विदेश सचिव सुब्राहमान्यन जयशङ्करले आफ्ना समकक्षी अइजाज अहमद चौधरीसँग औपचारिक भेटवार्ता गर्नु हुने पाकिस्तानको विदेश मन्त्रमालयका जनाएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार भारतको उच्च कूटनीतिज्ञको यो भ्रमण दुई देशबीच जारी अवरोधको अन्त्यको लागि संयुक्त वार्ता प्रक्रियाको लागि एक राम्रो मौका हो । जयशङ्करको भ्रमणको क्रममा दुई देशको सीमाक्षेत्रमा हुने गोली प्रहारको तनावको विषयहरुमा पनि वार्ता हुने बताइएको छ । भारत र पाकिस्तानबीच चलिरेहेको तनावबीच उच्चस्तरीय अधिकारीको यो पहिलो भ्रमण भएको बताइएको छ । इस्लामाबादमा हुने छलफलमा भाग लिनका लागि त्यहाँ पुग्नु भएका जयशङ्करले इस्लामाबादपछि भुटान, बङ्गलादेश र अफगानिस्तानको भ्रमण गर्न लाग्नुभएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षीलाई टेलिफोन गरी पाकिस्तानी क्रिक्रेट समूहलाई वल्र्डकपमा विजयको कामना गर्नुभएपछि सो भ्रमण तय भएको थियो । लामो समयदेखि अवरुद्ध रहेको पाकिस्तान र भारतको सम्बन्धमा मोदीको टेलिफोनबाट नयाँ आयाम थपिएको र दुई देशका विदेशमन्त्रीबीच पनि आणविक वार्ता हुने जनाइएको छ । रासस-सिन्ह्वा

Share.

Leave A Reply