१५ वैशाख २०८१

ग्लोबल सम्मेलनका लागि २५ सेप्टेम्बरसम्म नाम दर्ता गरी सक्न एनआरएनए स्वीट्जरल्याण्डको आग्रह

0

आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको ग्लोबल सम्मेलनमा सहभागिताका लागि आ आफ्नो नाम दर्ता गराउन एनसिसी स्वीट्जरल्याण्डले स्वीसबासी सम्पूर्ण नेपालीहरुमा आग्रह गरेको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डले एक सूचना जारी गरी उक्त जानकारी गराएको हो । संघद्वारा जारी सूचनामा काठमाडौंमा हुने ग्लोबल सम्मेलनमा भाग लिन चाहने व्यक्तिहरुले आगामी २५ सेप्टेम्बर भित्र आफ्नो नाम, ठेगाना, ईमेल र फोन नम्बर तल उल्लेखित ठेगानामा पठाई दर्ता गराउन अनुरोध गरिएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषदको नियम बमोजिम हरेक राष्ट्रिय समन्वय परिषद बाट १० जना सदस्य बराबर १ जना सदस्यले अर्न्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा सहभागी हुन र मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको पंञ्जिकृत सदस्यहरु ३०० जना छन्। जस मध्य स्विट्जरल्याण्डबाट ३० जना सदस्यहरुले अर्न्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा सहभागी हुन र मताधिकार प्रयोग गर्न पाउने छन्।

दर्ताको लागि संम्पर्क

भूमिराज गुरुङ

ईमेलः bhumilg@outlook.com

फोन नः 076 427 5443

शुक्र कुमार श्रेष्ठ

ईमेलः Sukrashrestha@gmail.com

फोन नः 076 570 75 60

शिबा सुब्बाः 079 945 12 55

बिजय बाबु आचार्यः 076 535 60 34

हाल सम्म ईमेल र फोन मार्फत दर्ता गर्नेहरुको नामवलीः

1,  Dr. Binaya Shrestha

2,  Ram Kumar Mahato

3,  Peetam Gurung

4,  Bhumi Raj Gurung

5,  Dharma Bahadur Gurung

6,  Ang Tenzin Sherpa

7,  Seema Gautam

8,  Hiralal Shrestha

9,  Gunraj Sharma

10,  Shyam Sapkota

11,  Lokendra Rana

12,  Arjun Bastakoti

13,  Subas Sundas

14,  Gopal Tamang

15,  Sanju Tamang Gurung

16, Nirajan Shrestha

17, Bidur  Sangraula

Share.

Leave A Reply