१४ वैशाख २०८१

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड निर्वाचन समितिको अनुरोध

0

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन हुने दिनमा विधानले निर्देश गरे बमोजिम आफु नेपाली वा नेपाली मूल खुल्ने र स्विट्जरल्याण्ड भित्र बसोबास गरेको स्पष्ट प्रमाण खुल्ने कागजात देखाई सहयोग गरि दिनु हुन निर्वाचन समितिलेहार्दिक अनुरोध गरेको छ।

आगामी ३ सेप्टेम्बर बेर्नमा हुन गई रहेको निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गरी निर्वाचन सफल बनाई दिनु हुन सम्पूर्ण पंजीकृत सदस्य साथिहरुमा निर्वाचन समितिकले हार्दिक अपिल गरेको छ।

निर्वाचन हुने स्थान, मिती र समय

स्थान:

Kirchgemeinde Petrus

Brunnadernstr. 40

3006 Bern

मिती:

०३ सेप्टम्बर २०१७

उम्मेदवारी दर्ता : ०१ सेप्टेम्बर शुक्रबार राति १०:०० बजे सम्म निर्वाचन समिति इमेल (thapabp@gmail.com वा lamsal2025@yahoo.it )  मार्फत उम्मेदवारी दर्ता गर्नु पर्ने।

उम्मेदवारहरुको  नामावली प्रकाशन : ०१ सेप्टेम्बर शुक्रबार राति १२:०० बजे

उम्मेदवारीमा दाबी बिरोध र उम्मेदवारी फिर्ता : ०२ सेप्टेम्बर शनिबार राति १२:०० बजे सम्म

मतदाता र अन्तिम उम्मेदवारहरुको  नामावली प्रकाशन : ०३ सेप्टेम्बर आइतबार बिहान १०:०० बजे

मतदान गर्ने समय : ०३ सेप्टेम्बर आइतबार बिहान १२:०० बजे देखि बेलुका :३० बजे सम्म

उम्मेदवारी दर्ता आबेदन फारमको लागि यहाँ किल्क गरी डाउनलोड गर्नु होस्।

Share.

Leave A Reply