१४ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्ष पदमा भूमिराज गुरुङको उम्मेद्वारी घोषणा

0

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको यहि ३ तारीख बेर्नमा हुन गईरहेको निर्वाचनमा अध्यक्ष पदको लागि भूमिराज गुरुङले उम्मेद्वारी घोषणा गरेका छन्।

संस्थागत विकास, संगठानिक र आर्थिक रुपमा सबल र सक्षम बनाउन स्रोत र साधनको खोज तथा अनुसन्धान गरी व्यवहारीकतामा ल्याउन एनआरएनए, स्विट्जरल्याण्डको अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेको उनले बताए।

स्विट्जरल्याण्ड स्थित नेपाली संघ-संस्थाहरु  र जन समुदायहरुको सल्लाह र सुझाव लिई स्विट्जरल्याण्डमा हुने बिभिन्न नेपाली कार्यक्रमहरुको बार्षिक क्यालेण्डर तयार गर्ने र स्विट्जरल्याण्डमा बसोबास गर्दै आएका नेपाली तथा नेपाली स्विस परिवारका साना बालबालिकाहरुलाई नेपाली भाषा लेख्न र पढन स्कुल व्यबस्थापनको बारेमा अबिभावकहरु, संघ-संस्थाका प्रतिनिधिहरु र स्वयंसेवक गर्न ईच्छुक महानुभावहरुसंग छलफल गरी संभावनाहरुको खोजी गर्ने जानकारी दिए।

सन् २००५ देखि स्विट्जरल्याण्डको यूरा कान्टोनको डेलेमो शहरमा श्रीमतीका साथ बस्दै आएको गुरुङ गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका हालको महासचिव हुन्।

एन. आर. एन. ए. स्विट्जरल्याण्डको अध्यक्ष पदमा भूमिराज गुरुङको उम्मेद्वारी घोषणा

एन. आर. एन. ए. स्विट्जरल्याण्डका अग्रजहरु, स्विट्जरल्याण्ड स्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकार मित्रहरु, एन. आर. एन. ए स्विट्जरल्याण्डका सदस्यहरु एवं नेपाल र नेपाली लाई माया गर्ने आदरणीय स्विट्जरल्याण्ड बासी नेपाली जन समुदायहरु।

२००८ सालमा एन. आर. एन. ए. स्विट्जरल्याण्डको राष्ट्रिय समन्वय परिषद्को स्थापना पश्चात् एन. आर. एन. ए. स्विट्जरल्याण्डलाई संस्थागत विकास संगै छाता संगठनको रुपमा निरन्तरता दिदै आउनु भएकोमा, एन. आर. एन. ए. स्विट्जरल्याण्डका अग्रजहरु, यो अभियानमा साथ दिनु हुने सबै एन. आर. एन. ए. स्विट्जरल्याण्डका सदस्यहरु र नेपालप्रेमी महानुभावहरुलाई ह्रदय देखिनै धन्यबाद दिन चाहान्छु।

एन. आर. एन. ए. स्विट्जरल्याण्डलाई सबै नेपाली  जनसमुदायहरुको छाता संगठनको रुपमा अझै व्यबस्थित, संगठित र आर्थिक रुपले सबल बनाएर अगाडि लैजाने दृढ सोच र संकल्प सहित मैले एन. आर. एन. ए. स्विट्जरल्याण्डको २०१७-२०१९ कार्यकालको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेको छु।

२००५ दखि स्विट्जरल्याण्डमा आयोजना हुने बिभिन्न नेपाली कार्यक्रमहरुमा सहभागी जनाउनको साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बिभिन्न संघ-संस्थाहरु र एन. आर. एन. ए. स्विट्जरल्याण्डमा आवद्ध हुदै २०१५-२०१७ कार्यकालको महासचिव पदमा रहि कामगरेको अनुभवले पनि म लाई २०१७-२०१९ कार्यकालको लागि  नेतृत्व लिन सहज हुने विश्वास लिएको छु।

आदरणीय स्विट्जरल्याण्ड बासी दाजु-भाई तथा दिदि-बहिनीहरु,

म सन् २००५ देखि स्विट्जरल्याण्डको  यूरा कान्टोनको डेलेमो शहरमा मेरी श्रीमतिका साथमा बस्दै आएको छु। समाज सेवामा अझै सहजरुपमा क्रियाशिल भएर अगाडी बढ्नको लागी घर परिवारको पूर्णरुपमा सकारात्मक सहयोगका साथै तपांईहरुको सल्लाह, सुझाव, समर्थन र सहयोगले मलाई अगाडी बढ्न थप हौसला प्रदान गरेको छ।

एन. आर. एन. ए. स्विट्जरल्याण्डको २०१७-२०१९ कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरे लगत्तै स्विट्जरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकार मित्रहरु, वुद्दीजिवी वर्गहरु, एन. आर. एन. ए. स्विट्जरल्याण्डका सदस्यहरु र स्विट्जरल्याण्ड बासी नेपाली जन समुदायहरु संग प्रत्यक्ष भेटघाट गरी वहांहरुको सल्लाह, सुझावहरुको मूल्यांकन र बिश्लेषण गरी निम्न लिखित प्रतिवद्दताहरु जाहेर गरेको छु।

१, एन. आर. एन. ए. स्विट्जरल्याण्डलाई संस्थागत विकास संगै संगठानिक र आर्थिक रुपमा सबल र सक्षम बनाउन स्रोत र साधनको खोज तथा अनुसन्धान गरी व्यवहारीकतामा ल्याउने प्रयास गर्नेछु।

२, स्विट्जरल्याण्डमा आयोजना गरिने नेपाली कार्यक्रमहरु (बिशेष गरी नेपाली चाडपर्वहरु) को लागी यहां स्थित सबै संघ-संस्थाहरु र जन समुदायहरुको सल्लाह र सुझाव लिई, कार्यक्रमको बार्षिक क्यालेण्डर तयार गर्नेछु।

३, स्विट्जरल्याण्डवासी नेपालीहरुलाई आईपर्ने अफिसियल कामहरुलाई छिटो छरितो र सरलीकरण गर्नका साथै नेपाल र नेपालीको लागी गरिने कार्यक्रमहरुको लागी सबै संघ-संस्थाहरु र स्विट्जरल्याण्डका अनलाईन मिडियाहरु सित हातेमालो गरी नेपाली राजदुतावास जेनेभासंग  सहकार्य र समन्वयनको पहल गर्नेछु।

४, स्विट्जरल्याण्डमा बसोबास गर्दै आएका नेपाली तथा नेपाली स्विस परिवारका साना बालबच्चाहरुलाई नेपाली भाषा लेख्नपढ गर्ने स्कुल व्यबस्थापनको बारेमा अबिभावकहरु, संघ-संस्थाका प्रतिनिधिहरु र स्वयंसेवक गर्न ईच्छुक महानुभावहरुसंग छलफल गरी संभावनाहरुको खोजी गर्नेछु।

५, नेपालको पर्यटन विकासको लागी स्विट्जरल्याण्डका लागि नेपाली पर्यटन दुतहरु र नेपाली राजदुतावास जेनेभा संग सहकार्य र समन्वय गर्नेछु।

धन्यबाद।

तपांईहरुको सहयोगको अपेक्षा सहित,

भूमिराज गुरुङ

अध्यक्ष पदको उम्मेद्वार

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्ड कार्यकाल २०१७-२०१९

Share.

Leave A Reply