१५ वैशाख २०८१

स्विट्जरल्याण्डमा बाढी पहिरो पिडितलाई ३ लाख रुपैयाँ उठ्यो,रकम संकलन जारी

0

जुरीख। बाढीपहिरो पीडितका लागि स्विट्जरल्याण्डमा एकै दिनमा ३ लाख रुपैयाँ संकलन भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको आह्ववानमा रकम संकलन भएको हो। रकम संकलन कार्य जारी रहेको संघले जनाएको छ। राष्ट्रिय समन्वय परिषदले २ लाख १० रुपैयाँ र महिला फोरमले ९० हजार रुपैयाँ संकलन गरे पछि रकम जुटेको हो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य डा. बिनय श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग घोषणा गर्दै रकम संकलन आह्ववान गरेका थिए। यस्तै प्रितम गुरुङले २५ हजार रुपैयाँ,बिष्णु थापाले २५ हजार रुपैयाँ,हिरावल गुरुङले २० हजार रुपैयाँ,कराशलन ड्रेयाले २० हजार रुपैयाँ र भुमि गुरुङले १५ हजार रुपैयाँ सहयोग गरेका छन्।

सहयोग अभियानमा सन्तोष राई,फणिन्द्र पन्त ,अर्जुन बस्ताकोटी,प्रमोद भट्टले १०- १० हजार रुपैयाँ सहयोग गरेका छन् भने सुभा एल्मर,किरण गुरुङ र जीवन भट्टराईको ५-५ हजार रुपैयाँ सहयोग रहेको छ। संघले ईच्छुक महानुभावलाई यथाशिघ्र सहयोग गरी अभियान सफल पार्न अनुरोध गरेको छ।

शुक्रबार रातीदेखि परेको अबिरल बर्षाका कारण नेपालको तराई क्षेत्रका बिभिन्न जिल्लाहरु बाढीपहिरोका कारण ठुलो जनधनको क्षति भए पछि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आकस्मिक बैठकले बाढीपिडीतका लागि एनआरएनए राहतकोष स्थापना गरेको थियो। राष्ट्रिय समन्वय समितिहरुलाई रकम संकलन कार्यमा तिब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को खातामा पठाइसक्न अन्तराष्ट्रिय समन्वय परिषद्ले अनुरोध गरेकै दिन स्विट्जरल्याण्डमा रकम संकलन भएको छ।

महिला फोरमले संकलन गरेको रकम भने महिला फोरम मार्फत नै बाढीपहिरो प्रभावित महिलाहरुका लागि सहयोग गरिने संयोजक शुभा एल्मर लामाले जानकारी दिईन्। बाँकी रकम भने एनआरएनएको बाढीपिडीत राहतकोष पठाईने भएको छ।

Share.

Leave A Reply