१५ वैशाख २०८१

हिमालहरु: संस्कृति र मानिसहरु बीचको संगमविन्दु

0

२ जुलाई २०१७, स्विटजरल्याण्ड । नेपाली राजदूतावास जेनेभा र गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डको संयुक्त्त आयोजनामा हिजो स्विटजरल्याण्डको राजधानी बेर्न शहरमा “हिमालहरु: संस्कृति र मानिसहरु बीचको संगमविन्दु” (Mountains: Connecting Cultures and Peoples) नामक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्विटजरल्याण्डको विदेश विभागको एसिया प्यासिफिक क्षेत्रको प्रमुख, महामहिम योहानेस माट्टिआसि को प्रमुख अतिथ्य र स्विटजरल्याण्डका लागि नेपाली राजदूत महामहिम दीपक धितालको सम-उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा स्विस नागरिकहरु र नेपालीहरु को बाक्लो उपस्थिति रहेको थियो । नेपालमा पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित केहि बर्षदेखि यो कार्यक्रम नियमित आयोजना हुँदै आएको छ । कार्यक्रमका माध्यमबाट नेपाली र स्वीस जनाता बीचको सदभावपुर्ण सम्बन्धको निरन्तरतामा पनि बिशेष जोड दिने गरिएको छ।

महामहिम राजदूत दीपक धितालले स्विटजरल्याण्ड र नेपाल हिमाली राष्ट्रहरु भएकाले विविध समानता रहेको चर्चा गर्दै नेपालको पर्यटन प्रवर्धनमा स्विटजरल्याण्डले खेलेको भूमिको प्रशंसा गरेका छन् । यसैक्रममा राजदूत धितालले नेपालको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै नयाँ सम्विधान अन्तर्गत स्थानिय निकायका निर्वाचनहरू सम्पन्न भैरहेकोमा हर्ष ब्यक्त्त गरे । उनले दुई ठूला अर्थतन्त्र भएका छिमेकि राष्ट्रहरु बाट पनि नेपालले विकासका लागि लाभ लिन सक्ने बताए । प्रमुख अतिथि माट्टिआसिले यस प्रकारको अर्थपूर्ण कार्यक्रममा सहभागि हुनपाएकोमा खुसी ब्यक्त्त गर्दै स्विटजरल्याण्ड र नेपाली बीचको कुटनीतिक सम्बन्ध र सहकार्यको चर्चा गरे । नेपालको पर्यटन प्रबर्धनमा स्टिजरल्याण्डले नेपाललाई सदैव सहयोग गर्ने बताए ।

गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डा. विनय श्रेष्ठको पनि कार्यक्रममा उपस्थिति रह्यो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै डा. श्रेष्ठले “अतिथिदेवो भव” को नेपाली संस्कृति अति विशिष्ट सँस्कृति भएको चर्चा गर्दै अहिलेको प्रतिस्पर्धापूर्ण पर्यटकिय क्षेत्रमा सायद यो हाम्रो संस्कृति पर्यटन पर्वर्धनमा लागि पर्याप्त नहुन सक्छ । त्यसैक्रममा उनले थपे: दुई साँस्कृतिक र दुई प्राकृतिक युनेस्को विश्व सम्पदाहरु हुनु मात्रपनि पर्यटन प्रवर्धनका लागि अपर्याप्त हुन सक्छ । त्यसैले प्रतिस्पर्धापूर्ण पर्यटकिय क्षेत्रका कारण नेपाल जाने सम्भावित पर्यटकहरुलाई विश्वस्त पार्न सक्ने र संगठित तबरको बजार उपस्थिति अपरिहार्य छ, उनले भने । उनले स्थानिय पर्यटकिय स्थलहरुको विकासमा पनि जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनीधि कमल भट्टले नेपाल कहिले र किन घुम्ने भन्ने विषयमा स्लाईडहरु प्रेजेन्टेसन गरे । स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्थुलले पनि कार्यक्रमम आफ्नो मन्तब्य ब्यक्त्त गरेका थिए । सहभागिहरुको मनोरन्जनका लागि नेपाली सँस्कृति झल्कने नृत्य र गीत-संगितको कार्यक्रम पनि राखिएको थियो । कार्यक्रमको अन्त्यमा सहभागिहरु कालागि स्वादिस्ट नेपाली खानाको ब्यवस्था गरिएको थियो ।

Share.

Leave A Reply