१५ वैशाख २०८१

नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको चौथो अधिबेशन

0

तिलक थापा, नेपाली जन सम्पर्क समिति स्विजरल्याण्डको चौथो अधिबेशन आगामी १६ अप्रिल २०१७ को दिन स्विट्जरल्याण्डको राजधानी बर्न शहरमा हुने भएको छ।
नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मुल्य र मान्यताका आधारमा न्यायपूर्ण,गतिशील स्वतन्त्र र समतामूलक समाजको लागि देखाएको प्रतिबद्धता र यस पार्टीका नेता एवं कार्यकर्ताले गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता दिन बलिदान हुने एवं हिंसात्मक द्वन्द्वको बेलामा समेत पार्टीको सिद्धान्त र मुलुकमा स्थायी शान्तिको निमित्त जीवन उत्सर्ग गर्ने सहिद साथीहरूको सम्मान गर्दै,राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्वर्द्धन गर्दै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा स्थापित गरि सामाजिक, राजनीतिक र आर्थिक बिकास गर्ने पुनीत उद्देश्यले केन्द्रिय पार्टी नेपाली काङ्ग्रेसलाई एकताबद्ध, सुसङगठित र सक्षम राजनीतिक दलको रूपमा संचालन गराउन र संघीय लोकतन्त्रमा आस्था राख्दै बिदेशमा बस्नु हुने बुद्धिजीवी, समाजसेवी,विद्यार्थी, विभिन्न संघ सस्थाहरुलाई एकरुपता ल्याउनका लागि नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड सधैं माध्यम बन्ने छ।
लोकतन्त्र र संघीय गणतन्त्रमा आस्था राख्नुहुने सम्पुर्ण स्वीस बासी  दाजुभाइ तथा दिदिबहिनीहरुलाई अधिवेशनमा उपस्थित भइ सहयोग गरिदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु।

अधिबेशन हुने स्थान :- Thunplatz 15, 3005 Bern
समय :- बिहान 11:00 बजे
मिति :- 16 अप्रिल 2017

संयोजक
नेपाली जन सम्पर्क समिति, स्वीजरल्याण्ड

(अधिबेशनको बिस्तृत जानकारी अर्को समाचार छित्तै प्रकाशीत गरिने छ।)
जय नेपाल !

Share.

Leave A Reply