१४ वैशाख २०८१

बन्न लागेको संविधानमा प्रवासीको सुझाव

0

२० जुलाई २०१५, नातिबाबु भट्टजुलाई, कोलोराडो।मातृभूमि नेपालमा निकट भविष्यमा बन्न लागेको संविधानमा प्रवासीको सुझाव र राय समेट्ने उद्धेश्यले एनआरएन /आईसीसीका  उपाध्यक्ष भवन भट्ट कोलोराडो आइपुगेका छन् ।

एनआरएन कोलोराडो च्याप्टरले आईतबार बिहान बोल्डरमा आयोजित अन्तरकृया कार्यक्रमका वक्ताहरुले प्रवासी नेपालीहरुको हकहितका लागि भावी संविधानमा संगटिन पर्ने बुंदाहरुमा राखेका छन्।

उपाध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी वक्त्ताहरुले एक पटको नेपाली सधैको नेपाली, द्धयल नागरीकता, विश्वभर रहेका सवै प्रवासीहरुलाई एकै किसिमको नियम कानुन, राष्ट्रले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु पर्ने जस्ता धारणा व्यक्तगरेका छन् ।

यसरी धारण   राख्नेहरुमा एनआरएन ÷आईसीसी अमेरीकाका सहकोषध्यक्ष प्रकास सापकोटा, नेपाली जनसम्पर्क समिती अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिक, नेपालीघरका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठ, लगायतका विभिन्न संघ संस्थामा आवद्ध एक दर्जन भन्दा बढि व्यक्तिहरु रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै एनआरएन/आईसीसीका  उपाध्यक्ष भवन भट्टले नेपालमा भुकम्प पछि राष्ट्रले प्रवासी नेपालीहरु प्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको, एक पटको नेपाली सधैको नेपाली भन्ने नियम लागु गर्दा विदेशमा जन्मेका हाम्रा सन्ततीलाई असर पर्ने,  द्धयल नागरीकता तथा परिचय पत्र हुदा पनि हामीले नेपालबाट पाउने सुविधाबाट वन्चित नहेने जस्ता भनाई राखेका थिए । भट्टले जन्म भुमीमा आपद पर्दा प्रवासी चुप लागेर बस्न नसक्ने भएकोले एनआरएन /आईसीसीले ४० करोड राहात संकलन गर्ने लक्ष लिएकोमा २५ करोड संकलन भईसकेको भन्दै संस्थाले एक हजार मोडल घर बनाउने घोषणा गरेको बताए ।

उपाध्यक्ष भट्टले आफु चाईना जांदाको एक घटनाले गर्दा देश धनि भएमात्र हाम्रो पहिचाहन हुदो रहेछ भन्ने शिक्षा पाएको कारण आफु मातृभूमि निर्माणको अभियानमा लागेको बताउदै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे । उनले आगामी संविधानमा सबैको भावना संगेट्न आफुले सक्दो प्रयास गर्ने बताए । 
कोलोराडो च्याप्टरका अध्यक्ष बासु खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

15072038kk 

Share.

Leave A Reply