१४ वैशाख २०८१

इटालीको रोममा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

0

होम रानाभाट, रोम, इटाली। नेपालमा गएको भूकम्पमा परि ज्यान गुमाउने व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना एबं घाइतेहरुको शिघ्र स्वास्थ्यको कामना गर्दै नेपाली समाज रोमले मे १० तारिख आइतबार दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली र इटालियनहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा इटालीका लागि नेपाली कन्सुलर पाउलो नुगारीले सम्पूर्ण दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै भाबपुर्ण श्राद न्जली व्यक्त गर्नुभएको थियो। यस्तो  विषम परिस्थितिमा आफुले जे जस्तो सहयोग गर्न पनि तयार रहेको बताउनु भएको थियो।

नेपाली समाज रोमका  अध्यक्ष श्री देवराज गुरुंगले मृत आत्माको चिरशान्तिको कामना गर्दै यस्तो अवस्थामा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको थियो। १ मिनेटको मौन धारणाको साथ साथै बौद्द धर्म अनुसार Damchai Lama र हिन्दु धर्म बिधि अनुसार रामहरी खकुरेलले प्राथना गर्नु भएको थियो।

नेपाली समाज रोमले भुकम्प पिडित हरुलाई राहत संकलन गरिरहेको छ।

त्यस्तै Municipio I , Binary 95 , Progetto Mediazeion , progetto Mediazione Sociale , AMA  र अन्य संघ सस्था हरुको साथमा Espuilino र Piazza Pepe सरसफाई अभियानमा नेपाली समाज रोम पनि सहभागी भएको थियो।

10960147_839791469433906_2187354335174643942_o

Share.

Leave A Reply