१४ वैशाख २०८१

नेदरल्याण्ड्सबाट भुकम्प पिडितलाई सहयोग पठाइयो

0

गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सले गत शनिवार भएको भुकम्पबाट पिडितहरुलाई आपतकालिन मानविय सहयोग स्वरुप पहिलो चरणमा तिन हजार युरो करिव तिन लाख दश हजार रुपयाँ सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदको परोपकारी कोषमा उक्त रकम हस्तान्तरण गरिएको संघका कोषाध्यक्ष विष्णु बास्तोलाले बताए ।  

गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सले सवै सहयोगीहरुलाई सहयोगको लागि याचना गरेको छ । संघको खाता मा रकम हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको छ । यो महाविपत्तीमा मानवीय सेवा गर्नु सवैको मानवीय जिम्मेबारी भएका कारण नेदरल्याण्ड्समा बसोबास गर्ने सवैलाई अधिकतम सहयोगको लागि संघका अध्यक्ष कृष्ण राज अधिकारीले अनुरोध गरेका छन् । 

नेदरल्याण्डस्मा अन्य नेपाली संघसंस्थाहरुले पनि सहयोगको लागि आर्थिक संकलन गरिरहेको बुझिएको छ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सले आर्थिुक संकलन गरिरहेको र एक दुइ दिनमा नेपाल पठाउने समितिका महामन्त्री उत्तम कंडेलले बताए ।

Share.

Leave A Reply