१४ वैशाख २०८१

शान्तिवार्तासँगै भिडन्त पनि जारी

0

याङ्गोन, चैत ४ गते। म्यानमारमा सरकार र विद्रोहीबीच जारी रहेको शान्ति वार्ताकै क्रममा एक विद्रोही समूहले सरकारी सेनामाथि जाइलाग्दा बुधबार बिहानैदेखि भिडन्त भएको समाचार छ । म्यानमारको कोक्याङ् क्षेत्रमा सो विद्रोह भएको समाचारमा जनाइएको छ । जारी रहेको सो वार्ताकै सहभागी एक समूह र सरकारी सैनिकबीच भिडन्त भएको बताइएको छ ।

म्यानमारको लौकाई क्षेत्रनजिकै रहेको सो विद्रोहमा परी तीनजना सैनिक मारिएका छन् । प्राप्त समाचारमा ती सैनिकमाथि विद्रोहीले आक्रमण गरेको जनाइएको छ । कोक्याङ् नामको एक जातीय समूहले युद्धविरामको अन्त्यगर्दै सो आक्रमण गरेको बताइएको छ । म्यानमारको उत्तरी क्षेत्रमा सो समूहको प्रभाव रहेको छ ।

उता विद्रोहीहरुले भने सरकारले वार्ता सुरु गरेको समयमा सरकारी सेनाले उक्त क्षेत्रलाई आफ्नो नियन्त्र णमा लिने प्रयास गरेको थियो । उक्त क्षेत्रमा केही हप्तामात्र अघि पनि म्यानमार सैनिकले हवाई आक्रमण गरी त्यहाँबाट विद्रोहीलाई हटाएको थियो ।

विद्रोही हटेपछि सो क्षेत्रमा म्यानमारको सरकारी सेनाले नै नियन्त्रण कायम गरिरहेको छ । लौकाइमा रहेको एक पहाड रणनैतिक हिसाबले पनि महत्वपूर्ण रहेको छ । एक अर्कामाथि आक्रमणका लागि सजिलो ठानिएको सो पहाडलाई आफ्नो पक्षमा लिने रणनीतिस्वरुप नै सो क्षेत्रमा बारम्बार भिडन्त हुने गरेको बताइएको छ । रासस÷एएफपी

म्यानमारमा मङ्गलबार यहाँको सरकार र जातीय विद्रोहीबीच शान्तिवार्ता सुरु भएको हो । वार्ता जारी रहेको सरकारी वार्ता टोलीले जानकारी दिएको छ । म्यानमार सरकारले यहाँका विभिन्न जातीय समूहसँग विगतदेखि नै वार्ताको प्रस्ताव गरेकोले मङ्गलबार उक्त वार्ता सुरु भएको बताइएको छ ।

म्यानमारको शान्ति केन्द्र ९पिस सेन्टर० ले सो शान्ति वार्ताको व्यवस्थापन गरिरहको छ । यस वार्ताको समन्वय सो केन्द्रले गरिरहेको र वार्तामा म्यानमारमा सशस्त्र विद्रोह गरिरहेका समूहहरु सहभागि भएका पनि बताइएको छ ।

सरकारसँग वार्ताका लागि कम्तीमा पनि १६ वटा फरक–फरक विद्रोही समूहका प्रतिनिधि बसेका छन् । ती समूहका तर्फबाट निर्माण भएको राष्ट्रव्यापी युद्धविराम समन्वय टिमको तर्फबाट सामूहिक रुपमा सो वार्ता सुरु भएको हो । रासस/सिन्ह्वा

Share.

Leave A Reply