०७ जेठ २०८१

नेजसस स्विटजरल्याण्डको जेनेभामा हुने तिहार देउसीभैलो कार्यक्रमको सम्पूर्ण तयारी पुरा

0

०४ नोभेम्बर २०१६, स्विटजरल्याण्ड। नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको आयोजनामा यहि नोभेम्बर ६ तारीखमा जेनेभामा आयोजना हुने देउसीभैलो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्याम सापकोटाले बताएका छन्। सापकोटाले नेपाली राजदूतावास जेनेभाका महामहिम राजदूत दीपक धितालको प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थिति रहने जानकारी नेपालस्विस डट कमलाई दिएका छन्। कार्यक्रममा चर्चित गायक तुलसी शिवाकोटी र बिष्णु छेत्री लगायतका स्थानीय कलाकारहरुले बेजोड सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन्। नेजससको प्रथा अनुसार कार्यक्रममा शुभ-दिपावलीको अवसरमा नान्ग्लोमा सेलरोटी र बत्ति राखेर भैलो गाउँदै आयोजक एवं सहभागीहरुले पाहुनाहरुको धनधान्यको कामना गर्नेछन्। सांगीतिक कार्यक्रम पश्चात डिनरको ब्यबस्था गरिएको र डिनर सकिएपछि भाग्यशाली चिट्ठा कार्यक्रम गरेर देउसी भैलो गाउँदै कार्यक्रम समापन गरिने कार्यक्रम संयोजक सापकोटाले बताएका छन्। नोभेम्बर ६ तारीख २०१६ मा दिनको १४:२० बजे शुरु हुने उक्त्त कार्यक्रम जेनेभाको सेन्ट्रल ट्रेन स्टेसनबाट ५ मिनेटको पैदल दूरीमा रहेको (Rue de Bern, 49, 1201, Geneva) सभाकक्षमा हुने छ। कार्यक्रम संयोजक सापकोटाले सम्पूर्ण स्विटजरल्याण्डबासी नेपाली दाजुभाई दिदिबहिनी एवं नेपाली संस्कृति प्रेमीहरुलाई उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गरेका छन्।

Share.

Leave A Reply