०५ जेठ २०८१

एनआरएनए डेनमार्क युथ फोरम गठन

0

एनआरएनएको नवौँ यूरोपिएन बैठक तथा सातौँ महिला सम्मेलन २०१६ आयोजनाको मिति यहि जुलाई ३० र ३१ तारिख नजिकिदै जाने क्रम संगै आयोजक एनसिसि डेनमार्कले तयारी सिलसिला पनि तिब्र बनाउदै लगेको छ । यस सन्दर्भमा एनआरएन युथ विगंसबाट सामाजिक उद्दमशिलताको विषयलाई प्रभावकारी रुपमा बहसमा लैजाने तयारी भैरहेको जानकारी प्राप्त भएको छ । साथ साथै एनआरएन सेकेण्ड जेनरेशनका कीशोर कीशोरीहरुले समेत नेपालमा रहेका शिक्षा र सुविधाबाट बञ्जित असक्त तथा अपांग साथीहरुको सहयोगार्थ ग्लाबल साझेदारीको संभावना बारे छलफल गर्ने भएका छन । त्यस छलफल तथा अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन बिशेष तयारीको लागि एनआरएन डेनमार्क युथ फोरम गठनभएको छ । एनआरएन आइसिसि युथ उप संयोजकको लोकराज शर्माको उपस्थितिमा गठन भएको उक्त युथ फोरमको संयोजकमा एनआरएन डेनमार्कको युवा संयोजक प्रशान्तराज बानियाँ , सदस्यहरुमा अशोक शर्मा, डा. कन्चन देवकोटा, हरिनाथ योगी, शैलेन्द्र अधिकारी, शुशिल घिमिरे, रवि लामिछाने , श्रेया महर्जन, सुनिता तिवारी, बैकुण्ठ खनाल, रवि लामिछाने, अनुजा गौतम तथा सिमा पौडेल रहेका छन । सो अवसरमा एनआरएन आइसिसि सदस्य सोमनाथ सापकोटा , एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, निवर्तमान अध्यक्ष दिपक सापकोटाको समेत उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply