०५ जेठ २०८१

कुमार पन्त कतारबाट सोझै स्विटजरल्याण्ड

0

२४ जुलाई २०१६, स्विटजरल्याण्ड। गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदले आज जुरीखमा आयोजना गर्ने “गैर-आवासिय नेपाली संघका वर्तमान चुनौति र अवसरहरुका पृष्टभूमिमा भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणमा संघको उत्तरदायित्व” विषयक अन्तरक्रिया कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री कुमार पन्त स्विटजरल्याण्ड आईपुगेका छन्। जुरीख अन्तर्राष्ट्रिय विमान स्थलमा स्विटजरल्याण्डका यूवा संयोजक अर्जुन बस्ताकोटीले श्री पन्तलाई खादा लगाई हार्दिक स्वागत गरे। यसै कार्यक्रमका लागि संघका अध्यक्ष श्री शेष घले हिजो जुरीख आईपुगिसकेका छन्।

गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल २०१५ – २०१७ का उपाध्यक्ष श्री पन्त कार्यकाल २०११ – २०१३ मा संघको यूरोप क्षेत्रिय संयोजक र कार्यकाल २०१३ – २०१५ मा महासचिव थिए। उपाध्यक्ष पन्त स-परिवार जर्मनिमा बसोबास गर्दछन्। संस्थागत रुपमा उनि एक कुशल डिप्लोम्याटका रुपमा परिचित छन्। अक्टोबर २०१५ को एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशनले उनलाई उपाध्यक्षमा निर्वाचित गरे देखिनै उनि संघ र प्रबासी नेपाली समाजका विभिन्न क्षेत्रमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी बन्ने नियमित दौडाहामा छन्। उनि यहि जुलाई महिनाको पहिलो सप्ताहमा गैर-आवासिय नेपाली संघले आयोजना गरेको नेपाल प्रवर्धन कार्यक्रममा सहभागी हुन स्पेन पुगे। त्यसको लगतै उनि जुलाईको दोस्रो हप्तामा फेरी नेपालीनेपाली डट कमको दोस्रो बार्षिकोत्सव समारोहका लागि बार्सिलोना पुगे। त्यस पश्चात उनि गैर-आवासिय नेपाली संघको मध्यपूर्वको पाँचौं क्षेत्रिय बैठकमा उपस्थित भई सोझै स्विटजरल्याण्ड आएका हुन्।

Share.

Leave A Reply