०६ जेठ २०८१

जर्मनीको हाम्बर्गमा मह जोडीको कार्यक्रम भव्यताका साथ सम्पन्न

0

एनआरएनए जर्मनी र एलसिसी हामबर्गको संयुक्त आयोजनामा भएको नेपालका बरिष्ठ कलाकार मह जोडी मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यको साथमा कलाकार नरेन्द्र कंसाकार, यमन श्रेष्ठ, मोहित आचार्य शुरिलो स्वरकी धनि माण्डपी त्रिपाठी र स्थानीय कलाकारहरुको बिजोड प्रस्तुतिको कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । एन आर एन ए जर्मनीको आईसीसी सदस्य सुरेन्द्र प्रधानको संयोजकत्वमा आयोजना भएको कार्यक्रम छोटो समयमा आयोजना गर्दा धेरै चुनैती पूर्ण थियो तर सबैको राम्रो साथ सहयोग र समर्थन पाएकोमा कार्यक्रम सफल भएकोमा संयोजकले बिज्ञप्ति द्वारा सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।

160512262१२ बर्ष पछि आयोजना भएको यस कार्यक्रम एल सिसि हामबर्गका  संयोजक चिरन श्रेष्ठ, सहसंयोजक राजेन्द्र पाण्डे, सहसंयोजक शिव कुमार श्रेष्ठ, सचिब मानव कुमार श्रेष्ठ, कोषाध्यक्ष मन्जिल श्रेष्ठ र सम्पूर्ण पदाधिकारीहरुको लगनशिलाताका साथ कडामेहनत इमान्दारी पुर्वक समयको महत्वलाई ख्याल राख्दै आफ्नो व्यक्तिगत कामलाई थाती राखेर दिन रात एक गरी कार्यक्रम सफल भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । एन आर एन ए  जर्मनीका निवर्तमान सचिब नारायण लाल श्रेष्ठ, रंजित गुरुङ, सिमा गुरुङ, नारायण प्रसाद श्रेष्ठ, मुना विल्ल,सुनिता थापा, दिपु गुरुङ, लुनवर्गको हरिश श्रेष्ठ, सोम श्रेष्ठ रिकेश श्रेष्ठ, अशोक प्रधान, बिधार्थी भाई रबिन भण्डारी र सम्पूर्ण स्पोन्सरहरु तथा हामबर्गका सबै उद्धमी ब्यबसायिकहरुको आर्थिक  सहयोगी हातहरुको सहयोगले मात्र यो कार्यक्रम  सफल भएको र  एन आर एन ए जर्मनीका अध्यक्ष ज्यु, उपाध्यक्ष प्रेम पोमु ज्यु,सास्कृतिक संयोजक ज्यु र सम्पूर्ण  पदाधिकारीहरुको साथ, सहयोग र समर्थनले कार्यक्रमलाई भरपूर्ण मनोरंजनको रुपमा भब्यताका साथ सफल भएकोमा आयोजकले सबैलाई हार्दिक आभार व्यक्त गरेका छन ।

कार्यक्रमको संचालन संगीता खडकाले गरेको थिएन भने पुर्व यूरोप सिंगल डान्स विजयता आस्मा कडेलले आकर्षण नृत्य देखेकी थिईन । नेपालको राष्ट्रिय गानबाट कार्यक्रमको आरम्भ भएको थियो । बरिष्ठ कलाकार मह जोडी मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्य को साथमा कलाकार नरेन्द्र कंसाकार, मोहित आचार्यले नेपालको समसामुयिक राजनीतिक अवस्था,जातिबादबाट भित्रियका बिकृति, शुशासन र भ्रष्ट्राचारको बिरोध गर्दै  कमिडिको रुपमा प्रस्तुत गरि सबैलाई भरपूर्ण संदेश मुलक मनोरंजन दिलाउनु भएको थियो भने यमन श्रेष्ठ द्वारा आफनै संगीतमा कमिड़ी गीत पस्किए साथमा मनोरंजनात्मक संगीत पूर्ण गीतले सबै दर्शकलाई नचाएकाकाथिए।  शुरिलो स्वरकी धनि माण्डपी त्रिपाठीको गीतमा सम्पूर्ण दर्शक भरपूर्ण मनोरंजन लिएका थिए ।

जर्मनीको विभिन्न ठाउहरुबाट आएका नेपाली दाजुभाई तथा दिदीबहिनी दर्शकहरुले खचाखच भरिएको रामदा होटेलको हलमा कार्यक्रमको शुभा बढाई दिन पाल्नु भएका एन आर एन ए का सल्लाहकार तथा कार्यक्रमका प्रमुख अथिति पुष्प थापा,बिशेष अथितिहरु एन आर एन ए की महिला संयोजक सपिला राजभण्डारी, उपसंयोजक रजनी प्रधान, युरोप उपसंयोजक दावा शेर्पा र एन आर एन ए जर्मनीका अध्यक्ष नवराज रोस्यारा,सबै मान्यजनहरु तथा राजनीतिक भातृ संघ सस्थाहरु र सम्पूर्ण स्थानीय संघ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो ।

1605122644

Share.

Leave A Reply