०६ जेठ २०८१

सुपसेस कतारको सयलिया क्षेत्रीय समिति गठन

0

मान बहादुर के.सी., यूएई। सुदूर पश्चिम सेवा समाज कतारले लगातार आफ्ना क्षेत्रीय समितीहरु बिस्तार गर्दै लैजाने क्रममा ११ मार्च २०१६ शुक्रबारका दिन सयलिया क्षेत्रीय समिति गठन गरेको छ ।

“हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद समाज निर्माण सुप समाजको चाहना” भन्ने मुल नारा बोकेर ०१ अगस्ट २०१५ का दिन स्थापना भएको सुदूर पश्चिम सेवा समाज कतारले कतारमा कार्यरत सुप बाशीहरुलाई एकजुट गर्दै सुदूर पश्चिमको कला, सांस्कृति मौलिकपनको प्रचार प्रसार गर्नुका साथसाथै बिपत्ती परेकालाई सहयोग गर्न सकृय सुपसेस कतारले ११ मार्च २०१६ शुक्रबारका दिन सयलियाको १७ नम्बरको खुल्ला चौरमा आफ्नो तेस्रो क्षेत्रीय समितिका रुपमा सयलिया क्षेत्रीय समिति गठन गरेको हो ।

संस्थाका केन्द्रिय तृतीय उपाध्यक्ष लीला अधिकारीको अध्यक्षतामा र प्रथम उपाध्यक्ष सुरेन्द्रबहादुर बिष्ट, सह-कोषाध्यक्ष नरेस जोशी, केन्द्रिय सदस्यहरु अलि बाबू पौडेल, केशब खत्री, अनिल भट्टराई, कृष्णचलाउने, अस्मिती जाग्री, सनैया क्षेत्रीय समितिका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ओकरा क्षेत्र्य समितिका उपाध्यक्ष, सचिबका साथसाथै सुप कलाकार समिती सदस्य दिपक बम, लोकेश बिसीको बिशेष उपस्थितीमा सयलियाको १७ नम्बरको खुल्ला चौरमा सम्पन्न एक वृहत भेलाले बल्देब धामीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको संस्थाका केन्द्रिय अध्यक्ष अमृत शाहीले हामीलाई जानकारी दिएका छन् ।  उपस्थित केन्द्रिय पदाधिकारीहरुले कतारमा कार्यरत सुदूरपश्चिम बाशीमा एकता, भाईचारा र सहयोगार्थको मनभावना बढेकोमा खुशी ब्यक्त गर्दै सुन्दर सुपको बिकास र प्रदेशमा आउने आपत्ति बिपत्तीहरुमा सुप बाशी यसरी नै एकजुट भएर सकिदो सहयोग गर्नुका साथसाथै सुपको मौलिक कला, सांस्कृति, पर्यटन स्थलहरुको प्रचार प्रसार गर्दै सबैले एक ढिक्का भएर अघाडि बढ्नु पर्ने कुरामा जोड दिदै नवगठित समतिलाई बधाई र शुभकामना दिनु भएको थियो ।

नवगठित समितिका अध्यक्ष बल्देब धामीले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै सयलियामा रहेका सम्पूर्ण सुदूरपश्चिम बाशीहरुलाई एकजुट गरेर अघाडि बढ्ने जिज्ञासा राखेका थिए ।

संस्थाका केन्द्रिय तृतीय उपाध्यक्ष तथा सो कार्यक्रमका अध्यक्ष लीला अधिकारीले सुदूर पश्चिम सेवा समाज कतार गठन भएको एक बर्ष नपुग्दै क्षेत्रीय समितीहरु बिस्तार गर्ने क्रममा सनैया, ओकारा क्षेत्रीय समिती गठन गरी सकेको र सयलिया क्षेत्रीय समिती गठन हुँदा समाज अझै बलियो भएको कुरामा जोड दिदै सुदूर पश्चिम सेवा समाज कतार गठन हुनको मुख्य उदेश्य र लक्ष्यका बारेमा जानकारी गराउदै नवगठित क्षेत्रीय समितीलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना जिज्ञासा राखेका थिए भने सो कार्यक्रमको संचालन सचिब दामोदर घिमेरेले गर्नु भएको थियो ।

अध्यक्ष बल्देब धामीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको कार्यसमिती चयन भएको छ । 

अध्यक्ष- बल्देब धामी

उपाध्यक्ष- प्रीतम सिँह

सचिब- भुबन के.सी.  

सहसचिब- रमेश पाल

कोषाध्यक्ष- दिपक बम 

सदस्यहरु

केशब बम, योगेन्द्र पाल, सुरेन्द्र सिँह, योगेन्द्र बोहरा, जनक बोहरा, कालिदास चौधरी, अकबर बोहरा, हरिराम चौधरी, बिरेन्द्र बोहरा, प्रेम सिँह, धन बहादुर बोहरा, नारायण चन्द रहेका छन्।​

3(1)

Share.

Leave A Reply