०५ जेठ २०८१

विदेशी नागरिकता लिएकालाई प्रतिनिधी बनाएको भन्दै आपत्ती

0

काठमाडौ, २१ फागुन । नेपाली जनसम्पर्क समिति बेल्जियमको प्रतिनिधीमा विदेशी नागरिकलाई बनाएको भन्दै आपत्ती जनाएको छ ।
विदेशी नागरिकता लिएकालाई महाधिवेशन प्रतिनिधी बनाएको र क्रियाशिल भेलाको बहुमतबाट प्रतिनिधी चयन भएका नेपाली नागरिकहरुलाई प्रतिनिधी हुन बञ्चित गरिएको भन्दै समितिका सल्लाहकार विजय मल्लले आपत्ती जनाउादै पार्टी कार्यलयमा निवेदन दर्ता गराउनुभएको छ ।
जनसम्पर्क समितिको हकमा ५०० भन्दा बढि क्रियाशिल सदस्य भएपछि मात्र सातजना प्रतिनिधीले महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको छ ।
जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधीले आउदा जादा प्रयोग गरेको राहदानी पेश गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा त्यसको वास्ता नगरी विदेशी नागरिकलाई प्रतिनिधी बनाइएको मल्लले बताउनुभयो ।
समितिका सदस्य उल्का घिमिरेले बेल्जियममा ५०५ क्रियाशिल सदस्य भएको र क्रियाशिल सदस्यमध्ये केहीको नाम दोहोरिएका कारण सूचीबाट हटाउन माग गरेको र उक्त नाम सूचीबाट हटेपश्चात आवश्यक सङ्ख्या नपुग्ने बताउनुभयो ।
उहाले भन्नुभयो, “सूचीबाट नाम हटेपछि आवश्यक सङ्ख्या ५०० भन्दा कम हुन्छ नेकाको विधानअनुसार जनसम्पर्क समिति बेल्जियमले महाधिवेशनमा भाग लिन मिल्दैन ।”
घिमिरेले समितिमा आवश्यक सङ्ख्या नपुग्ने भन्दै उजुरी दर्ता गरेको र पार्टीले त्यसलाई आवश्यक सुनुवाई गर्नुपर्ने बताउनुभयो । रासस/अच्युत रेग्मी

Share.

Leave A Reply