०३ जेठ २०८१

८८औं ओस्कार पुरस्कार वितरण

0

२९ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। सन २०१६ को ओस्कार पुरस्कार वितरण सेरेमोनी यहि फेब्रुवरी २८ तारीखका दिन हलिउड, लस एन्जलस् को डोल्बि थियटरमा सम्पन्न भयो। चलनचल्तीमा ओस्कार पुरस्कार भनिएपनि यसलाई अंग्रजीमा एकाडेमी अवार्डस् भनिन्छ, जुन  „Academy of Motion Picture Arts & Sciences (AMPAS)“  द्वारा आयोजित र संचालित हुने गर्दछ। यस पटकको ओस्कार सेरेमोनीमा २४ विधाहरुमा पुरस्कार वितरण गरिएको थियो। उक्त सेरेमोनीमा „Spotlight“  उतकृष्ठ चलचित्रबाट पुरस्कृत भयो भने „Mad Max“ नामक चलचित्रले सबैभन्दा बढि छवटा पुरस्कार हात पार्न सफल भयो। लेओनार्दो डिकाप्रियोले उनको „The Revenant“  को अभिनयका लागि उतकृष्ठ अभिनेताको पुरस्कार प्राप्त गरे।  यो उनको प्रथम ओस्कार पुरस्कार हो। चलचित्र „The Revenant“ ले उतकृष्ठ निर्देशन र छायांकन गरी तीनवटा पुरस्कार जित्न सफल भयो। त्यसैगरी ब्रि लारसनले उतकृष्ठ अभिनेत्रीको पुरस्कार हात पारिन।

पुरस्कारका केहि विधा र विजेताहरु:    

उतकृष्ठ निर्देशक: आलेयान्द्रो ईनारिट्टु

उतकृष्ठ अभिनेता: लेओनार्दो दिकाप्रियो

उतकृष्ठ अभिनेत्री: ब्रि लारसन

उतकृष्ठ सह-अभिनेता: मार्क रिलान्स

उतकृष्ठ सह-अभिनेत्री: अलेसिया विकान्डर

Share.

Leave A Reply