०६ जेठ २०८१

सिन्धुपाल्चोकको माझी गाउँमा प्रज्ञा ध्यान केन्द्रको सहयोग

0

डा. नबिन बज्राचार्य। बैसाख १२ र २९ गतेको महाभूकम्पबाट पूर्ण रुपमा ध्वस्त भएको सिन्धुपाल्चोकको माझी गाउँमा गत २०१६, १६गते शनिबारका दिन प्रज्ञा ध्यान केन्द्रले ब्लान्केट राहत स्वरुप प्रदान गर्यो I सिन्धुपाल्चोकको अति बिकट स्थानमा रहेको सो ठाउँमा राहत सामग्री पुर्याउन प्रज्ञा ध्यान केन्द्रका सदस्यहरुले निक्कै जोखिम मोलेका थिए I सांघुरो कच्ची बाटो र निक्कै खाल्डा खुल्ड़ोले भरिपुर्ण सो बाटोको कारणले त्यस ठाउँमा अझै राहत सामग्री नपुगेको निस्कर्ष निकाल्दै ध्यान केन्द्रले त्यस स्थानमा राहत सामाग्री वितरण गर्ने योजना बनाएको कुरा ध्यान केन्द्रका सक्रिय सदस्य श्री सुर्य बज्राचार्यज्युले बताउनु भयो I सोहि योजना अनुरुप प्रज्ञा ध्यान केन्द्रका प्रमुख गुरुज्यु डा. नबिन बज्राचार्यको नेतृत्वमा ३५जना सदस्यहरुले आफ्नो ज्यानको पर्वाह नगरी कोरिया ह्युन्दे बुद्धिस्ट पत्रिका तथा ध्यान केन्द्रका सदस्यहरुबाट प्राप्त आर्थिक सहयोगहरुबाट जुताईएका करिब ५२वटा डबल ब्लान्केट तथा सिटामोल दुई प्याकेट करिब ५२वटा घर धुरीलाई वितरण गरेका थिए I ब्लान्केट तथा सिटामोल राहत स्वरुप प्राप्त गरेका माझी गाउँ बासि निक्कै हर्सित हुँदै सरकारबाट राहत स्वरुप थोरै रकम पाएको सो रकमले चिसोमा ब्लान्केट लगायत न्यानो कपडाहरु किनेर यस स्थानसम्म ल्याउन नाकाबन्दीको कारण निकै गाह्रो भईरहेको र कठिन जीवन बाँचिरहेको गुनासो गरेका थिए I भुकम्प पिडित मध्ये त्यस गाउँका बासिन्दा बिष्णु मैयाँ माझीले निक्कै भावविभोर हुँदै प्रज्ञा ध्यान केन्द्र र यस संग आवद्द सदस्यहरुले निक्कै जोखिमपूर्ण यात्रा तय गरेरपनि सहयोग गर्न आउनु भएकोमा धेरै धेरै धन्यबाद दिए I यसरी सहयोग गर्न पाएकोमा निक्कै हर्षित हुँदै ध्यान केन्द्रका सदस्य श्री संघ रत्न बज्राचार्यज्युले ध्यान गर्दै आउँदा करुणा उत्पन्न भयो र सो करुणाको अभ्यास स्वरुप यस सामाजिक कार्यमा संलग्न हुने प्रेरणा मिलेको कुरा बताउंदै भविस्यमा पनि निरन्तर ध्यान केन्द्रको साथमा समाज कल्याण कार्यमा लागिरहने बताए I यस ध्यान केन्द्रका प्रमुख गुरुज्यु डा. नबिन बज्राचार्यज्युले भुकम्प पिडितहरुको पिडामा मलम लगाउने यस किसिमका सामाजिक कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण सदस्यहरु तथा कोरियाका ह्युन्दे बुद्धिस्ट पत्रिकालाई हार्दिक धन्यबाद दिनुभयो ।

Sindupalchok3 Sindupalchok2

Share.

Leave A Reply