०५ जेठ २०८१

नयाँ बर्ष २०१६ का लागी प्रेरणादायी जीवन कथा

0

१५ जनवरी २०१६, स्विटजरल्याण्ड। जीवन एक संधर्ष हो। जवान र बलिया ब्यक्तिहरु ले मात्र होईन शारीरिक अशक्तता भएकाहरुले पनि जीनवमा सफलता हासिल गर्न सक्छन्। तिनीहरुका जीवन कथा सबैका लागि प्रेरणाको श्रोत बन्न सक्छ। सन २०१५ लाई बिदाई गर्दै २०१६ लाई स्वागत गर्ने क्रममा एक प्रेरणादायी ब्यक्तित्वको जीवन कथा यहाँ प्रस्तुत गरिएको छ।

“मेरा हात र खुट्टाहरु छैनन् त्यसैले म धरातलमा छु।” यो भनाई निक भुयीचिच को हो। निक भुयीचिच हात र खुट्टा बिहिन जन्मिएका एक ब्यक्ति हुन। ३२ बर्षका भुयीचिच उत्प्रेरक प्रवचनहरु आयोजना गर्ने “मनोवृति नै उचाँई हो” (Attitude is Altitude) नामक संस्थाका अध्यक्ष हुन्। उक्त संस्थाले उनका प्रवचनहरुको बजार ब्यबस्थापन गर्दछ। दैनिक जीवनमा हात खुट्टा बिहिनताका कारण उनका ब्यवहारिक समस्याहरु भएपनि, उनि हजारौंका लागि प्रेरणाका श्रोत हुन्। उनि एक दुर्लभ जन्मजात हुने शारीरिक अपांगता “टेत्रा अमेलिया सिन्ड्रोम” (Terta-Amelia Syndrom) बाट पिडित छन्। उनका खुट्टाहरु साह्रै साना छन, तरपनि खुट्टाका औंलाहरुले उनि सामानहरु उठाउन, कम्पुटरमा टाईप गर्न र भकुन्डो हान्न समेत सक्छन्। भुयीचिचले पौडि खेल्छन् र स्काई डाईभिङ पनि गरेका छन्।

भुयीचिच भन्छन, “आत्मविश्वास प्राकृतिक रुपमै आउँदैन।” अष्ट्रेलियाको मेलवर्नमा हुर्केका भुयीचिचले आफ्नो विध्यार्थिकालमा निराशतासंग संधर्ष गर्नु प-यो। दश बर्षको उमेरमा उनले आत्महत्या गर्ने कोशिस गरेका थिए। तर समयसंगै उनले सकारात्मक मनोवृतिका लागि आफुलाई लगाई रहे। १७ बर्षको उमेरमा उनको विध्यालयको पालेसंग भेट भयो। उनले भुयीचिचलाई सार्वजनिक प्रवचनहरुमा जान प्रोत्साहित गरे। उनि अहिले उत्प्रेरणाजनक वक्ताका रुपमा संसारभरी प्रवचनहरु आयोजना गर्छन। विध्यालयहरु देखि ब्यापारीक संस्थाहरु बाट उनलाई प्रवचनका लागि आमन्त्रण गरिन्छ। उनले ५० भन्द बदी देशहरु को यात्रा गरिसकेका छन भने हजारौं उत्प्रेरणाजनक प्रवचनहरु मा वक्ताको हैसियतमा सहभागि बनेका छन्। उनका प्रवचनहरु विनोदपूर्ण तर मर्मस्पर्सी हुन्छन्।

परिधि बिहिन प्रेम” (Love Without Limits) नामकसंस्मरण पुस्तकका लेखक भुयीचिच श्रीमति, २ बर्षिय छोरा र १ बर्षिया छोरीका साथमा अमेरीकाको क्यालिफोर्नियामा बस्छन। उनले “हातगोडा बिहिन जीवन” (Life Without Limbs) नामक संस्था पनि संचालन गर्दछन्। यसै आलेखसंग प्रकाशित उनको प्रवचन हेरेर अवश्य पनि जीवनमा सफलताको नुस्खा प्राप्त गर्न सकिन्छ।

भुयीचिचको जीवन कथालाई उत्प्रेरणाका लागिप्रतिनीधि कथाका रुपमा प्रस्तुत गरिएको हो। नेपाली परिप्रेक्षमा पनि यस्ता धेरै प्रेरणादायी नेपाली ब्यक्तित्वहरु देख्न र भेटन सकिन्छ। हाम्रो परदेश बसाईको पनि आफ्नै कथा र ब्यथाहरु छन्। परदेश बस्दाका चुनौतिहरु ले हामीलाई अझ बढि संर्धषशील, पौरखी र धैर्यवान बनाउन सकोस। पाठकहरु, सकारात्मक सोचका साथ अधि बढौं। जीवनमा संधर्ष गरौं।तमाम कथा र ब्यथाहरुका बाबजुद जीवनको रस्वास्वादन गरौं। नयाँ बर्ष २०१६ को हार्दिक मंगलमय शुभकामना।

(यो आलेख बि.बि.सी. डट कममा प्रकाशित अंग्रेजी लेखमा आधारीतछ। – नेपाल स्वीस डट कम)

Share.

Leave A Reply