०५ जेठ २०८१

बेल्जियममा मनाईयो चालीसौ मेलमिलाप दिवश

0

बिष्णु सापकोटा, बेल्जियम। नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा चालीसौ राष्ट्रीय मेलमिलाप दिवस तथा अंग्रेजी नया बर्ष उपलक्ष्यमा  शुभकामना आदान-प्रदान कार्यक्रम गत सोमबारका दिन लुभेन शहरमा भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाली जनसम्पर्क समिति समन्वय परिषद यूरोपका कार्यबहाक अध्यक्ष पूर्ण हमालले बर्तमान नेपालको राजनैतिक परिस्थितिमा नेपाली काँग्रेस लगाएत सम्पूर्ण राजनैतिक पार्टीहरुले निस्वार्थ देशको हितमा मिलमिलाप को नीति अगाडी बढ्नु पर्ने बेला आएको बताउदै स्व. बिपी कोईरालाको मेलमिलाप नीति लिई सबैलाई एकजुट हुन् आग्रह गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका नेजस बेल्जियमका अध्यक्ष सुभाष जोशीले बीपीको मेलमिलाप नीति कांग्रेसले आन्तरिक बाहिह्य रुपमा अङ्गीकार गर्नु पर्ने बेला आएको र आफुले पनि संगठन सुद्रिधिकरण का निमित्त सदैव आफ्ना अग्रज हरुको राय सल्लाह लिएर बढेको र आगामी दिनमा यस्ता मेलमिलापको कार्यक्रमले सबैमा प्रेरणा मिल्ने बताए ।  यसै गरि विशिष्ट अतिथि को रुपमा एनआरएन ए बेल्जियमका अध्यक्ष तथा जनसम्पर्क समिति बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमले नेपालमा हालै देखा परेको राजनैतिक संकटमा  डायस्फोरामा रहेका सम्पूर्ण नेपाली हरु राष्ट्र राष्ट्रीयताको सवालमा मेलमिलापको नीति आत्मसाथ गरि जिम्मेवार भएर सोच्नु पर्ने कुरा प्रष्ट्याएका थिए ।

उक्त कार्यक्रमको संयोजक रुपमा रहेका जनसम्पर्क समिति बेल्जियमका  पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवानले सम्पूर्ण अतिथिहरुलाई कार्यक्रममा स्वागत गर्दै बीपीले २०३३ साल पुष १६ गते मेलमिलापको नीति लिएर नेपाल फर्कनु को कारण प्रकास पार्दै देश र जनताको संकट को घडीमा राष्ट्रीयता स्वाभिमान को रक्षार्थ स्व. कोईरालाले लिएको मेलमिलाप मिति आजको यस विषम परिस्थितिमा पनि उतिकै अपरिहार्य रहेको कुरा अवगत गराएका थिए । कार्यक्रममा नेजस बेल्जियमकी सदस्य सीता सापकोटा, नेजस नेदरल्याण्ड का बरिष्ट सल्लाहकार हरि पौड्याल तथा नेजस ईटाली का अध्यक्ष रमेश राज लामिछानेले मेलमिलापको नीति बर्तमान परिस्थितिमा पनि उत्तिकै सान्दर्विक रहेले संगठन पार्टी सुद्रिधिकरणको लागी मेमिलापको नीति आवश्यक रहेको बताएका थिए ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद कि सदस्य जानकी गुरुङ, प्रवासी नेपाली एकता समाज का दिपेन्द्र के सी, नेपाली जनप्रगतिशील मोर्चाका कुल मगर, लुम्बिनी कपिलवस्तु अभियानका दामोदर आचार्य, नेजस बेल्जियमका सल्लाहकार गोबिन्द सुवेदी ले मेलमिलापको बारेमा सबैमा एकताको खाचो औलाउदै नया बर्षको शुभकामना मन्तब्य व्यक्त गरेका थिए । साथै नेपाली जनसम्पर्क यूरोप समन्वय  समिति का अध्यक्ष दिल गुरुङ लगाएत यूरोपमा रहेका बिभिन्न जनसम्पर्क समितिका अध्यक्ष हरुले समेत कार्यक्रमको सफलता तथा मेलमिलाप दिवशको अवशरमा शुभकामना संदेश पठाएका थिए, कार्यक्रमा अनेसास बेल्जियम च्याप्टर का अध्यक्ष दिपक ज्योति पौडेल, अन्य विशिष्ट महानुभावहरु को उल्लेखीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा महानुभाव हरुलाई नेजस बेल्जियमका कृष्ण शाहीले धन्यबाद मन्तब्य दिदै सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई कार्यक्रम संयोजकको तर्फ बाट चियापानको व्यवस्था गरिएको थियो साथै उपस्थित महानुभावहरुले एकापसमा  अंग्रेजी नया बर्षको उपलक्ष्यमा शुभकामना आदान-प्रदान गरेका थिए । उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री चिनिया लाल दुवालले संचालन गरेका थिए ।

1 10250097_10207961823740696_5734282679770476549_n

Share.

Leave A Reply