०७ जेठ २०८१

एन.आर.एन.ए. स्विट्जरल्याण्डमा विनय श्रेष्ठ र हिरा गुरुङ बिजयी

0

अगष्ट २०१५, स्विट्जरल्याण्ड। गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको चौथो राष्ट्रिय अधिवेशन १६ अगष्ट २०१५ जुरीखमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत श्री दीपक धिताल ज्यूको प्रमुख आथित्यमा सम्पन्न भयो। अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदनका साथै आय-व्यय प्रतिवेदन प्रस्तुत गरिएको थियो। त्यसै गरी विधान संशोधन समितिका संयोजक प्रमोद भट्टद्वारा प्रस्तुत गरिएको संस्थाको संशोधित विधानलाई उक्त अधिवेशनले अनुमोदन गर्यो। कार्यक्रममा जर्मनीका आई सि सि सदस्य दावा शेर्पाको पर्यवेक्षकका रुपमा उपस्थिती रहयो।

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको आगामी कार्यकाल २०१५ – २०१७ का लागि कार्य समिति चयन गर्न गठित निर्वाचन समितिले अधिवेशन अगावै बिभिन्न पदहरुमा उम्मेद्वारहरुको आवेदन माग गरेको थियो। सात जनाको सदस्यको पदमा आवेदन माग गरिएकोमा सातै जानको मात्र उम्मेद्वारी आवेदन दर्ता भए पछि ति सदस्यहरु निर्विरोध निर्वाचित भए। महिला संयोजकको पदमा भने कसैको उम्मेद्वारी परेन। प्रवक्ताको पदमा उम्मेद्वारी माग गरिए पनि निर्वाचन समितिले प्रवक्ताको पदमा निर्वाचन नगराई मनोनित गर्नु पर्ने भनि उक्त पदको निर्वाचन नहुने सुचना अधिवेशन अगावै प्रकाशित गरेको थियो। अन्य पदहरुमा एक भन्दा बढि उम्मेद्वारहरुको उम्मेद्वारी परे पछि निर्वाचन कमिटिले अधिवेशनको दिन निर्वाचन सम्पन्न गर्यो। नेपाल स्वीस डट कमले टिपोट गरे अनुसारको निर्वाचन परिणाम तल प्रस्तुत गरिएको छ।

पद उम्मेद्वारको नाम प्राप्त मत संख्या कैफियत
आई सि सि सदस्य डा. विनय श्रेष्ठ १४५ बिजयी
कमल भट्ट १०४
अध्यक्ष हिराबल गरूङ १३२ बिजयी
तन्जीङ शेर्पा १२९
उपाध्यक्षहरु सिमा गौतम १४३ बिजयी
श्याम घले १३० बिजयी
सन्तोष राई १०३
दुर्गा तमाङ १०१
महासचिव भुमिराज गुरुङ १३३ बिजयी
संझना थापा १२३
सचिव फडिन्द्र पन्त १२२    बिजयी
राजेन्द्र भण्डारी ११२
कोषाध्यक्ष शुक्र श्रेष्ठ १३५ बिजयी
कृष्ण बहादुर गरुङ ११८
यूवा संयोजक अर्जुन बस्ताकोटी १३५ बिजयी
जिवन भट्टराइ ११४
सदस्यहरु लाल सुनार निर्विरोध
प्रेम सापकोटा निर्विरोध
किरण गुरुङ निर्विरोध
प्रदिप कुमार बस्नेत निर्विधोध
ठाकुर प्रसाद अधिकारी निर्विरोध
राम परियार निर्विरोध
बिजय शर्मा दर्पण निर्विरोध

SONY DSC SONY DSC SONY DSC

Share.

Leave A Reply